अध्यक्ष न्यौपानेको निधनमा नगरप्रमुख पाण्डेले भने ‘पाका र परिपक्व जनप्रतिनिधि गुमायौ’

असोज २३, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ का वडाध्यक्ष डम्बर बहादुर न्यौपानेको निधनले नगरको विकासमा अपुरणीय क्षति पुगेको नगरप्रमुख घनश्याम पाण्डेले वताएका छन् । शोक विज्ञप्ती निकाल्दै नगरप्रमुख पाण्डेले अनुभवी एवम् पाका जनप्रतिनिधिका रुपमा न्यौपानेले खेलेको भुमिकाको प्रशंसा समेत गरेका छन् ।


‘वडाको विकास र समृद्धिका लागि उहाँ निरन्तर क्रियाशिल हुनुहुन्थ्यो । विगतमा पनि लामो समय जनप्रतिनिधिका रुपमा काम गरिसक्नुभएका न्यौपानेले तुलसीपुरको समग्र विकासको योजना निर्माणका लागि निकै महत्वपूर्ण भुमिका खेल्नुभएको थियो ।’ शोक विज्ञप्तीमा उल्लेख गरिएको छ ।


न्यौपानेको निधनले वडा नम्वर १३ का साथै समग्र तुलसीपुरको विकासमा अपूरणीय क्षति पुगेको समेत उल्लेख गरिएको छ । नगरप्रमुख पाण्डेले शोकको घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस