स्वरुप बदल्दै राप्ती आँखा अस्पताल

लक्ष्मण विश्वकर्मा  |  असोज ११, २०७७


लक्ष्मण विश्वकर्मा


तुलसीपुर । राप्ती आँखा अस्पताल रक्षाचौरमा संघीयता आएपछि मात्रै सरकारको नजर पुगेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । विगतमा विदेशी दातृसंस्था तथा दाताहरुको सहयोगमा आँखा उपचार सेवा प्रवाह गदै आएको अस्पतालले संघीयता आईसकेपछि स्थानीय तह देखी संघीय सरकारको सहयोग पाएपछि सेवा प्रवाहमा थप सहजता भएको नेपाल नेत्रज्योती संघ जिल्ला शाखा दाङका सचिव सुरेन्द्र खड्काले बताएका छन् ।


देशमा संघीयता आउनु अघि राज्यको नजर कम पुगेको भन्दै अहिले स्थानीय तहदेखि संघीय सरकारको ध्यान पुगेपछि अस्पतालको भौतिक विकास हुनुको साथै सेवा प्रवाहमा थप सहजता भएको उनले बताएका छन् ।


तिनै तहका सरकारसंग हातेमालो गदै अहिले आँखा उपचार सेवा प्रदान गदै आएकोमा संघीयता नहुँदा यस अघि राज्यको नजर कम पुगेको उनले बताएका छन् । अहिले तिनै तहको सरकारबाट साथ र सहयोग पाएपछि सेवा प्रवाहमा थप सहजता भएको छ ।


नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल रक्षाचौरले ४१ औँ सामाजिक सेवा दिवसको अवसर पारेर आईतवार आयोजना गरेको आँखा स्वास्थ्य सेवा र कोभिड १९ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।


स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकासंग आफुहरुले पहिलो पटक सहकार्य गरी मोतियाबिन्दुको निशुल्क उपचार गरी उज्यालो प्रदान गर्ने अभियान चलाएको उनले बताएका छन् । यस अभियानले देशभर नै राम्रो सन्देश दिएको उनको भनाई थियो । ‘ निस्वार्थ रुपमा सामाजिक सेवामा तत्पर भईरहदा राज्यको भरपर्दो सहयोग नपाएकै कारण विगतमा भौतिक र प्रविधिको विकासमा पछि पारिएको थियो ’ खड्काले भने ।

तर अहिले तिनै तहको सरकारसंग समन्वय र सहकार्य गदै आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहजता भएको उनले बताएका छन् ।


राप्ती आंखा अस्पतालको ओ.पि.डि भवनको पहिलो तलाको लागि तुलसीपुर पमहानगरपालिकाको ५० लाख बजेटबाट निमार्ण कार्य सम्पन्न भएको उनले बताएका छन् । यस्तैगरी लमही आँखा अस्पतालको कर्मचारी आवास भवनको लागि सांसद विकास कोषको ५० लाख बजेटबाट मुताविकको काम सम्पन्न भएको उनको भनाई छ ।

कोईलाबास क्षेत्रमा वडा कार्यालयबाट प्राप्त १० कट्ठा जग्गामा गढवा गाउँपालिकाको आर्थिक लगानीमा आँखा उपचार केन्द भवनको निर्माण कार्य सम्पन्न भएको छ र केही समय भित्र नियमित आँखा उपचार सेवा शुरुवात गर्ने तयारी गरेको उनले बताएका छन् ।


यस्तै पाँच नम्वर प्रदेश सरकार सामाजिक विकास मन्त्रालय प्रदेश नं. ५ अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालयबाट २० प्रतिशत लागत सहभागितामा राप्ती तथा लमही आंखा अस्पतालको उपकरण खरिदको लागि ५० लाख रुपैया बजेट सहयोग प्राप्त भएको थियो ।

उक्त रकमबाट राप्ती आँखा अस्पतालमा अप्रेशन गर्ने मेशिन फ्याको इमलसिफिकेशन र लमही आँखा अस्पतालको लागि आँखाको पर्दा जाँच गर्ने मेशिन खरिद गरिएको सचिव खड्काले बताएका छन् ।


यसरी बेलाबेलामा आफुहरुलाई राज्यबाट विभिन्न शीर्षकमा सहयोग हुदै आएको उनले बताएका छन् । सोहि अवसरमा बोल्दै मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय महासचिव सुशिल बस्नेतले सामाजिक सेवामा काम गर्ने संघसंस्था सवैलाई एउटै दर्जामा तुलना गर्न नहुने बताएका छन् ।


निस्वार्थ रुपमा समाज सेवा गर्ने सामाजिक संघसंस्थालाई राज्यले सक्दो साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिएका थिए । विगतको तुलनामा अहिले राज्यले समेत साथ दिएको अवस्थामा आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन उनले सुझाव समेत दिएका छन् ।

अस्पतालका मेडिकल डाईरेक्टर शुभलक्ष्मी कट्वालको अध्यक्षतामा भएको कार्यक्रममा मानव अधिकार तथा शान्ती समाज दाङ्ग नेपाल पत्रकार महासंघ दाङ शाखा सहसचिव सर्मिला डिसी, राप्ती समाचार दैनिकका सम्पादक बसन्त आचार्य, मानव अधिकारकर्मी निर्मल नेपाली र राप्ती आँखा अस्पताल रक्षाचौरका प्रशासनिक समिति संयोजक चिरन्जिवी रिजाल लगाएतले बोलेका थिए । सो अवसरमा अस्पतालका बरिष्ठ अधिकृत शम्सेर थापाले अस्पतालको स्थापनाकाल देखि सन् २०१९ डिसेम्वरसम्मको प्रगती विवरण सार्वजनिक गरेका थिए । कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।


आँखा अस्पतालबाट झन्डै दुई लाख मानिसले नयाँ दृष्टि पाए


नेपाल नेत्रज्योती संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल रक्षाचौरबाट सन् २०१९ सम्म २८ लाख बढि विरामीले आँखा उपचार सेवा लिएका छन् । २०४३ सालमा स्थापना भएको राप्ती आँखा अस्पतालबाट २०१९ डिसेम्वर सम्म झन्डै दुई लाख विरामीले नयाँ दृष्टि पाएको अस्पलातका बरिष्ठ प्रशासकिय अधिकृत डाक्टर शम्सेर थापाले जानकारी दिएका छन् ।

आईतवार आयोजना गरिएको एक कार्यक्रममा प्रगती विवरण सार्वजनिक गदै उनले अस्पतालले सन् २०१९ डिसेम्बरसम्म १ लाख ८३ हजार बढि विरामीको अप्रेसन गरी नयाँ दृष्टि प्रदान गरेको जानकारी दिएका छन् । साथै चार लाख ३१ हजार बढि विरामीलाई निशुल्क आँखा उपचार सेवा प्रदान गरिएको छ भने ३६ हजार बढि विरामीको निशुल्क आाखा अप्रेसन गरिएको डाक्टर थापाले बताएका छन् ।


नेपाल नेत्रज्योती संघ दाङ अन्र्तगत सन्चालित राप्ती आँखा अस्पताल मार्फत अहिले छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालबाट पनि आँखा उपचार सेवा प्रवाह भईरहेको डाक्टर थापाले जानकारी दिएका छन् ।

साविक राप्ती अन्चलका पाँचवटा जिल्लामा आँखा स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने उद्देश्यका साथ २०४३ सालमा रक्षाचौरमा आँखा अस्पताल स्थापना भएको हो । त्यसपछि छन्द(कालेबाबु) नारायणी आँखा अस्पताल २०६२ र लमही आँखा अस्पताल २०७१ मा स्थापना भई सन्चालनमा रहेको उनले बताएका छन् । २०७३ सालदेखि आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज राप्ती आँखा अस्पताल रक्षाचौरबाट सेवा प्रवाह भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस