दाङमा भएकाे स्कारपियाे दुर्घटनामा ६ घाईते

खबरशाला संवाददाता  |  असोज ०८, २०७७

दाङ ।  दाङको लमही-घोराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोडदेखि करिब दुई किलोमिटर अगाडि आज विहान बा ११ च ९५१३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सल्यानको रेडियो मध्यपहाड एफ.एमका स्टेसन म्यानेजर बागचौर नगरपालिका वडा नम्बर ३ का बिरेन्द्र डिसी, सोही रेडियोमा कार्यरत सोही ठाउँका तुलाराम परियार, त्यस्तै लेकाली अनलाइनका सम्पादक खगेन्द्र केसी, छत्रेश्वरी गाउँपालिका वडा नम्बर ३ का चालक सन्तोष बुढाथोकी र सोही ठाउँकी निर्मला बुढाथोकी घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा दाङ तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ५ का प्रकाश ओली पनि घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुको अहिले लमही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ । घाइते पत्रकार खगेन्द्र केसीका अनुसार आफूहरु सवार गाडीको गति तिब्र हुनुका साथै घुम्ती भएको र विपरित दिशाबाट मोटरसाइकल आइरहेको अवस्थामा मोटरसाइकललाई बचाउने क्रममा गाडी दुर्घटनमा परेको हो ।

गाडी सडकबाट करिब ५ सय मिटल तल खसेको प्रहरीले जनाएको छ । उक्त स्कारपियो बुटलबाट सल्यान जान लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस