लामो दूरीको यातायात, आन्तरिक हवाई उडान र होटल १ असोजदेखि खुल्ने

खबरशाला संवाददाता  |  भदौ ३०, २०७७

तुलसीपुर । सरकारले अन्तरिक हवाई उडान, लामो दूरीको यातायात र होटल रेष्टुरेन्टहरू १ असोजदेखि खुला गर्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय सीमा नाकालाई ३० असोजसम्मका लागि बन्द राख्ने निर्णय भएको जानकारी दिए।

अन्तरिक हवाई उडान सुचारु गर्दा स्वास्थ्य सुरक्षाको मापदण्डाहरूको पालना तथा  मास्क र भाइजरको  अनिवार्य प्रयोग गर्नुपर्ने र विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ।   

त्यस्तै लामो दूरीको यातायात पनि १ असोजदेखि नै खुला गरिएको छ। लामो दूरिको यातायातमा पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ। मापदण्ड अनुसार बसको एक लहरको सिटमा एक जना मात्र राख्न पाइनेछ।

व्यवसायीले पहिलेको भाडादरमा ५० प्रतिशत बढी लिनसक्ने छन् भने संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ। 

प्रतिक्रिया दिनुहोस