मन्त्रिमण्डल पुनर्गठन हल्ला मात्रै हो : प्रधानमन्त्री

खबरशाला संवाददाता  |  भदौ १, २०७७

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा मन्त्रिमण्डलको पुनर्गठन हल्ला मात्र भएको बताएका छन्। 

बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले विभिन्न मिडियामा मन्त्रिमण्डल पुनर्गठन हुने हल्ला चलेको तर आफूले त्यसबारे नसोचेको प्रतिक्रिया दिएको बालुवाटार स्रोतले जानकारी दिएको छ।

“विभिन्न मिडियामा मन्त्रीमण्डल पुर्नगठन हुने हल्ला चलिरहेको छ, यसवारेमा मैले सोचेको पनि छैन, कसैसँग छलफल पनि गरेको छैन, तपाईहरु ढुक्क भएर काम गर्नुहोस्,” प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने।

त्यस्तै हिजो सचिवालय बैठकबाट निर्णय भएको बामदेव गाैतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश नै नभएको पनि स्रोतले देखापढीलाई जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस