लकडाउन : घरमै बसेर पढ्न र पढाउन सकिन्छ  

शिशिर खनाल

चैत २६, २०७६

 

लामो समयदेखि घरमा बस्नु पर्दा चिन्तित हुनुहुन्छ वा छोरा-छोरीको पढाईमा असर पर्यो भनेर चिन्तित हुनुहुन्छ भने, घरमै वसेर कम्प्युटर, स्मार्ट फोन र टेलिभिजन मार्फत पनि पढ्न र सिक्न सकिने अवसर हामीसंगै छन । नेपालकै पाठ्यक्रममा आधारित यी डिजिटल कण्टेन्टहरुले नयां कुरा सिक्न वा विद्यालयमा नबुझेका पाठहरु घरमा बसीबसी रमाईलो तरिकाले सिक्न सकिन्छ । 

 

 

ओलई नेपाल (OLE Nepal) को ई-पाठ र ई-पुस्तकालय: 

मूल्य: निशुल्क

सन २००७ देखि प्रविधिमार्फत गुणस्तरीय शिक्षामा काम गर्दै आएको गैरसरकारी संस्था ओलई (OLE) नेपालले नेपालको पाठ्यक्रममा आधारित कक्षा १-८ सम्मका डिजिटल सिकाई सामग्री निर्माण गरेको छ । नेपाली, अंग्रेजी, विज्ञान र गणित जस्ता महत्वपूर्ण विषय विद्यार्थीहरुले घरमै बसीबसी ईन्टरनेटमार्फत पाठ्यपुस्तक र पाठ्यक्रमका सामग्रीहरु नेपाली वा अंग्रेजीमा सिक्न सक्ने छन । यसका लागि, यो वेवसाईटमा जान सकिन्छ।   https://pustakalaya.org/epaath/

त्यसैगरी साना केटाकेटीहरुलाई उपयुक्त हुने डिजिटल वालकथाहरु, ओलईको बाल पाठमालामा पाउन सकिन्छ । तीन तहमा बांडिएका २३४ यस्ता पुस्तकहरुले घरमै वसेर केटाकेटीहरुले पढ्ने बानीको विकास गर्न सक्छन। यी पुस्तकहरु याे वेवसाइटमा भेट्ट सकिन्छ । 
https://pustakalaya.org/balpaathmala/ 

त्यसैगरी ओलईको ई-पुस्तकालयमा हजारौं पुस्तक र सिकाई सामग्रीहरु छन। झण्डै ७,००० पुस्तकहरु, २,३०० सुन्न सकिने किताबहरु र ६०० जति भिडियो सामग्री रहेको ई-पुस्तकालयमा विद्यार्थी र केटाकेटीहरुले छानी-छानी साहित्य, कला, विज्ञान लगायतका पुस्तकका साथै पत्र-पत्रिकाहरु उपलव्ध छन। यसमा शिक्षकहरुका लागि उपयुक्त सन्दर्भ सामग्रीहरु पनि उपलव्ध छन्। https://pustakalaya.org/

 

डियरवाक सिकाई केन्द्र (Deerwalk Learning Center): भिडियो लेक्चर 

मूल्य: निशुल्क

नेपालको सुचना प्रविधिमा काम गर्ने अग्रणी मानिने डियरवाककोसंग आवद्ध रहेको डियरवाक सिकाई केन्द्रले, कक्षा ४ देखि ११ सम्मको पाठ्यक्रममा आाधारित भिडियो कक्षाहरु निशुल्क रुपमा आफ्नो वेवसाईट मार्फत उपलव्ध गराउंछ । यस वेवसाईटमा कक्षा ४ देखि ११ काे नेपाली, अंग्रजी, गणित विज्ञान, सामाजिक, र स्वास्थ्य जस्ता विषयहरुका १,६६४ भिडियो लेक्चरबाट सिक्न सकिन्छ । 

यसका लागि डियरवाक सिकाई केन्द्रको वेवसाईटमा जान सकिन्छ: https://dlc.dwit.edu.np/

मोवाईलमा प्रयोग गर्न चाहनेका लागि एड्रोईड फोनमा गुगल प्लेस्टोरवाट “DLC Mobile” पनि डाउनलोड गर्न सक्नु हुन्छ । 

 

एसिया फाउण्डेसन: लेट्स रिड एसिया

मूल्य:   निशुल्क

एसिया फाउण्डेसनको लेट्स  रिड एसिया कार्यक्रम अन्तर्गत, कोरोनाको कारणले विद्यालय जना नसकेका विद्यार्थीहरुलाई लक्षित “लेट्स रिड होम” कार्यक्रम सञ्चालनमा ल्याएको छ । लेट्स रिड को वेवसाईट मार्फत घरमा वसी-वसी विभिन्न विषयवस्तुमा बांडिएका कथाका किताबहरु नेपालकै नेपाली लगायत नेपाल भाषा (नेवारी), थारु, तामाङ तथा अंग्रजी र अन्य विदेशी भाषाका कितावहरु पनि पढ्न सकिन्छ। 

यसका लागि लेट्स  रिड एसियाको वेवसाईटमा जान सकिन्छ https://www.letsreadathome.org/

 

मिडास ईक्लास 

मूल्य:  हाल एक महिनाको लागि निशुल्क

लामो समयदेखि सिकाई सम्बन्धि डिजिटल कन्टेट बनाई रहेको मिडास एजुकेसन प्रा लि कोरोनाले गर्दा पढाईमा अवरूद्ध परेका सबै विद्यार्थीहरुलाई सहयोग गर्न निजि विद्यालयहरुको संगठन – प्याव्सनसंगको सहकार्यमा आफ्नो एप एक महिनाको लगि निशुल्क प्रयोग गर्न सकिने वनाएको छ। साना-साना केटाकेटीहरुदेखिं माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई समेत उपयाेगी हुनेगरी  बनेका एनिमेसन, भिडियो लेक्चर, क्वीजहरुले सबैलाई प्रशस्त सिकाई सामाग्री दिन्छ । 

मिडास ईक्लासको एप प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ। याप डाउनलोड र प्रयोग कसरी गर्न सकिन्छ भनेर जान्न यो भिडियो हेर्न सक्नु हुन्छ । https://www.youtube.com/watch?v=u-ebPmKRxrU

 

युट्युवमा च्यानलहरु:

मूल्य: निशुल्क

क, ख, देखि मनोरञ्जनात्मक ढंगल सुन्न र हेर्न साना साना केटाहरुलाई उपयुक्त युट्युवमा रहेका नेपाली च्यानलहरुले पनि केटा-केटीहरुलाई सिक्न सहयोग गर्न सक्छन। 

नेपाली बाल रचनाले नेपाली वर्णमाला सम्बन्धि सामग्री बनाएर राखेको छ (https://www.youtube.com/channel/UC2U1J-waGLHzHb9MI6kCkSw)  भने नानी र वाबु र  साना साना केटाकेटीका लागि बालगीत (Rhymes) हरुको भिडियो हेर्न सकिन्छ । 

https://www.youtube.com/channel/UCp6Vu31on0wtDKB6UyYXYUA/videos

त्यसैगरी, नेपाली किड्स राईम्स र स्टाेरहरुमा सुन्न मिल्ने बालकथाहरु र गाउन मिल्ने बाल गीतहरुको सयौं भिडियोहरु उपल्व छन। 

https://www.youtube.com/channel/UCXPPnBCgf_EMLVPrjNbjhMQ/videos

 

डिसहोम: एसईई तयारी कक्षा 

ईन्टेरनेट छैन र यसईईको परिक्षा सरेर चिन्तित हुनुहुन्छ भने, डिसहोमे एसईई तयारी कक्षाहरु टेलिभिजनबाट निशुल्क घरैबाट हेर्न सक्नुहुन्छ । हरेक दिन डिसहोम को च्यानल १०१ मा विहान ७:३० बजे, दिऊंसो १२:३० र सांझको ६:३० बजे अंग्रजी, गणित र विज्ञानका तयारी कक्षाहरु प्रसारण हुने गरेको छ। 

( खनाल तुलसीपुर उप-महानगरपालिकाका शिक्षा सल्लाहकार हुन) 

प्रतिक्रिया दिनुहोस