ट्राफिक प्रहरीले सडकमा सांकेतिक रेखा आफै कोरेको देख्दा तुलसीपुरबासीहरु खुशी

असोज ०७, २०७

तुलसीपुर,

ट्राफिक प्रहरीले सडकमा सांकेतिक रेखा आफै कोरेको देख्दा तुलसीपुरबासीहरु खुशी भएका छन् । सवारी चालकलाई ट्राफिक नियमपालना गराउने ट्राफिक प्रहरीले तुलसीपुरका मुख्य बजारको सडक किनारा किनारामा रेखा कोरेर पाकिङ क्षेत्र बनाउन शुरु गरेको छ । पहेलो रङको पालिसले सल्यान अमिलीया खण्डको तुलसीपुर बजारमा स्पष्ट देखिने गरि रेखा कोरिएको छ । एकतर्फी सडकको दुवै किनारामा झण्डै डेढ मिटरलाई पाकिङका लागि रेखा बनाइएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका जवान निरज भण्डारीले बताउनुभयो । एकहातमा पालिसको बाल्टीन अर्को हातमा ब्रुस पक्रेका निरजले बिहानको समयमा सडक दुर्घटना न्यूनिकरणका लागि महत्वपूर्ण भूमिका खेल्ने सडक किनाराको रेखा कोर्नुभएको हो । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा रेखा कोरिएको उहाँले बताउनुभयो । हाललाई बिरेन्द्रचौकदेखि सितलपुर चौक सम्मको झण्डै १ किलो मिटर सडकको दुवै किनारामा पहेलो रेखा कोरीएको छ । यसबाट यातायातका साधन सञ्चालन गर्दा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस