दाङ्गमा रात्रीकालिन लकडाउनमा थप कडाई

खबरशाला संवाददाता  |  भदौ ०, २०७७


तुलसीपुर । जिल्लामा कोरोना संक्रमणको महामारी फैलदै जान थालेपछि जिल्ला संकट व्यवस्थापन समितिले रात्रीकालिन लकडाउनलाई निरन्तरता दिदै थप कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लाका १० वटै स्थानीय तह प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको तुलसीपुर उपमहानगरपालिका उपप्रमुख माया शर्माले जानकारी गराइन् ।


उनका अनुसार साँझ ७ बजेदेखि विहान ५ बजेसम्मको लकडाउनलाई रात्रीकालिन लकडाउनलाई निरन्तरता दिदै ११ गतेदेखि सार्वजनिक र निजी सवारीमा जोरविजोर लागु गरिने भएको छ । जिल्लामा संक्रमणको अवस्थालाई हेरेर सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।


यसैगरी कोरोनाको प्रकोपबाट जोगिनका लागि आवश्यक सुरक्षामा कडाइन गर्ने निर्णय गरिएको छ । सुरक्षा व्यवस्था नअपनाउनेलाई कारबाही गर्नेनिर्णय भएको पनि उपप्रमुख शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस