व्यवसायी भण्डारीले जन्मदिनमा गरे सामाजिक काम

खबरशाला संवाददाता  |  भदौ ०४, २०७७


तुलसीपुर । तुलसीपुरका व्यवसायी ऋषिराम भण्डारीले जन्मदिनको अवसर पारेर विभिन्न सामाजिक काम गरेका छन् । समाजसेवामा अभिरुचि भएका भण्डारीले ४१ औ जन्मदिनको अवसर पारेर रक्तदानदेखि कोरोना सचेतना व्यानर र सुरक्षा सामग्री वितरणसम्मका काम गरेका छन् ।


‘हरेक मान्छेको सामाजिक दायित्व हुन्छ त्यसलाई पुरा गरेको मात्र हुँ’ उनले भने । जन्मदिनको अवसर पारेर तुलसीपुर चेम्बर अफ कमर्शका सचिव समेत रहेका भण्डारीले बजारको भिडभाड हुने विभिन्न क्षेत्रमा टाँस्नका लागि ५० वटा कोरोना सचेतना लेखिएका ब्यानर, १० जनाको रक्तदान तथा पहिलो पंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारलाई मास्क र स्यानिटाइजर वितरण गरेका थिए । ‘बजारमा मास्क नभएका सबैलाई आज मास्क वितरण गर्ने हो ’ उनले भने ।

उनले आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तर अगाडी वढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपवहादुर घर्तीले जन्मदिनको अवसर पारेर सामाजिक काम गर्नु सबैका लागि उदाहरणीय भएको वताए । प्रजातान्त्रिक उद्योग वाणिज्य संघ तुलसीपुरका अध्यक्ष जनक खरालले आगामी दिनमा पनि यस्तै सामाजिक काममा अग्रसर हुनका लागि अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस