तुलसीपुरबाट मानसिक सन्तुलन ठिक नभएकी महिलाको उद्धार

खबरशाला संवाददाता  |  श्रावण २७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले मानसीक सन्तुलन गुमाएकी एक महिलाको उद्धार गरेको छ । झण्डै एक महिनादेखि घर छाडेर सडक बजारमा बस्दै आएकी तुलसीपुर उपमहानगरपालिका–६ निवासी अन्दाजी ५० बर्षकी विजया देवकोटाको उद्धार गरेर पुर्नस्थापना केन्द्रमा पठाईएको हो ।

सडकमा गुड्ने सवारी साधनदेखि सर्वसाधारणलाई समेत ढुङ्गाले हिर्काएर क्षेति पु¥याउनुका साथै निवस्त्र हिड्न थालेपछि उपमहानगरपालिको उद्धार गरेर मादक पदार्थ तथा लागु औषध दुर्व्यसनी उपचार केन्द्र नारायणपुरमा पठाएको हो ।

उद्धारमा महिला बालबालिका तथा सामाजिक विकास शाखा अधिकृत माया श्रेष्ठ, तुलसीपुर उपमहागनरपालिका–६ नम्बर वडासदस्य युवा करारा, गुल्म टोल विकास संस्थाका अध्यक्ष पिताम्बर केसी, सचिव दामोदर लामीछाने लगाएतको सहभागीता थियो ।


बेथिस्दा होममा बस्दासम्म त्यसको खर्च तुलसीपुर उपमहानगरपालिका र ६ नम्बर वडाले व्यहोर्ने भएको छ । ती महिलालाई तुलसीपुरको भुयाँरथान मन्दिर स्थित एक घरको बरन्डाबाट उद्धार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस