तुलसीपुर बन्यो दाङ्गको उत्कृष्ट स्थानीय तह

खबरशाला संवाददाता  |  श्रावण २१, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका दाङ्गको उत्कृष्ट स्थानीय तह वनेको छ । जिल्ला समन्वय समिति दाङ्गले कार्यसम्पादन राम्रो गरेको भन्दै दाङ्गका १० स्थानीय तहमध्ये उत्कृष्ट घोषणा गरेको हो । मुख्यमन्त्री शंकर पोख्रेलले नगरप्रमुख घनश्याम पाण्डेलाइ उत्कृष्ट स्थानीय तहकाे सम्मानले सम्मानित गरेका हुन् ।


जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठीमा सहभागी भएर उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बाफत तुलसीपुरलाई यस्तो सम्मान गरिएको हो । जिल्लाका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका दोस्रो र घोराही उपमहानगरपालिका तेस्रो भएका थिए ।

प्रतिक्रिया दिनुहोस