विपन्न परिवारहरुलाई राहत बितरण गर्दै वडा नं १८

चैत २४, २०७६

कपिल लामिछाने ।

संसारभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भईरस(काेभिड १९) का कारण यतिबेला बिश्ब आक्रान्त बनिरहेकाे समयमा नेपालमा पनि यसकाे राेकथामका लागी बिभिन्न प्रयासहरु भईरहेका छन् । यसैबिच सरकारले गरेकाे लकडाउनका कारण अति बिपन्न परिवारहरु खान नपाउने अबस्थामा भएकाे कारण तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले पनि २ सय घरधुरीलाई राहत बितरण गरेकाे छ ।

आज एक कार्यक्रमकाे आयाेजना गरि वडाले राहत बितरण गरेकाे हाे । दैनिक ज्याला मजदुरी गर्ने र घरमा काेहि पनि काम गर्ने मान्छे नभएकाहरुलाई वडाले ३० किलाे चामल २ किलाे दाल १ लिटर तेल २ पाेका नुन र २ वटा साबुन बितरण गरेकाे हाे ।

वडा कार्यालयकाे प्राङ्गणमा बिहान ७ बजेदेखि भएकाे उक्त राहत बितरण कार्यक्रमले यस वडामा रहेका अति बिपन्न परिवारहरुमा केहि मलमपट्टी लगाउन स्थानिय सरकार सफल भएकाे वडा अध्यक्ष माधव वलीले बताए ।

अहिले २ सय परिवारहरुलाई राहत बितरण गरेका छाैँ यदि त्यस्ताे खान नै नपुग्ने अथवा दयनीय अबस्था भएका काेहि त्यस्ता परिवारहरु भएमा वडा कार्यालयमा सम्पर्क गरेमा उनीहरुलाई समेत राहत उपलब्ध गराउन स्थानीय सरकार तयार रहेकाे वलीले बताए ।

प्रतिक्रिया दिनुहोस