टिकटक गर्ल गरीमाको भुरभुर पुतली

श्रावण १०, २०७७


टिकटक मार्फत लाखौ नेपालीको मनमा बसेकी गरीमा शर्माले नयाँ म्युजिक भिडियोमा ब्रेक गरेकी छन् । विभिन्न लोकप्रिय नेपाली गीतहरुमा टिकटक वनाएर उनले हजारौ फलोअर्स बटुलेकी छिन् । कलाकारितामा प्रवेश गर्नका लागि टिकटक वलियो माध्यम बनेको बेलामा उनले पनि म्युजिक भिडियोमा ब्रेक पाएकी हुन् ।


गायक समिर आचार्य र सुरेखा क्षेत्रीको स्वर रहेको भुरभुर पुतली बोलको गीतमा उनको धमाकेदार अभिनय र नृत्य हेर्न सकिन्छ । हाल अमेरिकामा बसोबास गर्दै आएका दाङ्गका किसन रेग्मीले निर्माण गरेको म्युजिक भिडियोमा उनी चुलबुले युवतीका रुपमा देखिएकी छिन् । ‘गीतको अडियो निकै राम्रो भएको थियो सोही अनुसार राम्रो कलाकारको खोजि गर्ने क्रममा उनलाई लिइएको हो ’ म्युजिक भिडियो निर्माता रेग्मीले भने । उनले नयाँ भएपनि गरीमाले उत्कृष्ट अभिनय र नृत्य गरेको बताए ।


भुरभुर पुतलीमा उनी लोकप्रिय मोडल पुष्प खड्कासँग देखिने भएकी हुन् । गीतलाई यसै महिना युएसखबरको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिक गर्ने तयारी गरिएको पनि निर्माता रेग्मीले बताए ।


भुरभुर पुतलीमा ब्रेक पाएसँगै उनले केही तिज गीतहरुमा समेत अभिनय गरेकी छिन् । अहिले निकै लोकप्रिय रहेको शितलु गीतमा उनी शिवन पोख्रेलको जोडि बनेकी छन् ।

प्रतिक्रिया दिनुहोस