अजम्बरी माया

शरद विष्ट  |  असोज २४, २०७७

प्रभाले मलाई असाध्यै माया गर्थी । मैले पनि उसलाई माया नगरेको कुरै होईन । जीवनको हरेक दुःख, सुःखमा हाम्रो सँगै साथ हुन्थ्यो । कहिले पशुपतिनाथ, कहिले स्वयम्भु कहिले गोदाबरी, कहिले फेरि नयाँ बानेश्वर जस्ता ठाँउहरुमा प्राय हाम्रा दिनहरु बित्ने गर्दथे ।


प्रभा असाध्यै राम्री केटी थिई । सुन्दरताको पनि वर्णन गर्ने सीमा हुन्छ तर मैले उसको सुन्दरताको प्रशंसा गर्न कहिल्यै पछि हटेन । जेहोस प्रभालाई आत्मैदेखि मैले मन पराउथे । अरुको जस्तो उत्ताउलो स्वभावको व्यबहार पनि थिएन । सधैभरी ओठमा मुस्कान छोडेर बोल्ने गर्थी । हामीसँगै एउटै कलेजमा पढ्थ्यौ, सगै खान्थ्यौं र सगै बस्थ्यौं । हाम्रो पारिवारिक पृष्ठभूमि देखि लिएर जीवनमा आएका हरेक मोडका ऐतिहासिक घटनाहरु एकआपसमा सुनाउने गर्दथ्यौं ।

मलाई लाग्थ्यो, अब काठमाण्डौको वसाई पनि धेरै थिएन । किनभने डिग्रीको अध्ययन सकाएर बिद्यार्थी भिसामा थप अध्ययनको लागि म अमेरिका जानुपर्ने थियो । तर, यही कुराले प्रभालाई चिन्तित बनाउथ्यो । सँगै जोडिएका आत्माहरु कतै बिछोड त हुँदैन ? उसले यही कुराको बारम्बार चिन्ता गर्थी । म हजार सम्झाउथे र भन्थे–“हामी भौतिक रुपमा टाढा भएपनि भावनात्मक नाताले हाम्रो सम्बन्धलाई प्रगाढ वनाउनेछ ।” प्रभापनि साहृै अवुझ त थिइनी । उसले पनि समय, परिस्थिति, देश, भूगोललाई नजिक बाट बुझेकी थिई ।

केहि समयको अन्तरालपछि म अमेरीका जाने दिनपनि आयो । उक्त दिन बिहानै उडान भएकाले हामी दुबै काठमाण्डौं त्रिभुवन विमानस्थलतर्फ लाग्यौं । प्रभाले मेरो सुटकेस छोपेकी थिई । करिव २५ मिनेटपछि जहाज पनि आकाशमा उड्ने तयारीमा थियो ।

मैले प्रभालाई अँगालो हाल्दै उसको आँसु पुछिदिए । प्रभाले म तिर हेर्दै बिदाईका हातहरु हल्लाउदै थिई । मैले पनिहातहरु हल्लाउदै बिछोडको पिडा थाम्न सकिन । केहि क्षण पछि जहाज पनि काठमाण्डौंको आकाशमा उड्यो ।


मेरो मनमा अनेकौं कुराहरु खेलिरहेका थिए । प्रभा, जन्मभूमि र प्यारो देशलाई छोडेर जादा मनमा भक्कानो भएर आउथ्यो । अमेरिकामा सोचे जस्तो त्यति सहज र सजिलो थिएन । समय र परिस्थिति सँग जुध्न नसक्ने मान्छेहरु बाँच्दो रहेनछन्, अमेरिकामा । तर, नेपालमादिनभर गफका चुट्की बजाएर ज्यान पाल्ने मान्छेहरु प्रशस्त छन ।

मेरो अमेरिकाको बसाई पनि महिनौं दिन हुनलागिसकेको थियो । खानाखाएर साझपख कम्प्युटरमा विश्वजान्दै थिए । प्रभाले नेपालबाट फोन गरी । हामी बीच फोनमा धेरै कुराकानी भयो । जेहोस सात समुन्द्र पारी मेरो जन्मभूमिको देशबाट प्रभाले मप्रति देखाएको माया–ममता,बिश्वास र अजम्बरी माया म कहिल्यै भुल्न सक्दैन ।

प्रतिक्रिया दिनुहोस