कक्षा १२ को परीक्षा असाेजमा

श्रावण ०७, २०७७

काठमाडौं । कक्षा १२ को परीक्षा दसैंअघि नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी असोजमा कक्षा १२ को परीक्षा लिने निर्णय गरेको हो । 

बोर्डले कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयले नै लिने गरी कार्यविधि पनि पारित गरेको छ । कक्षा ११ को परीक्षा अब विद्यालयले नै लिने निर्णय गरिसकेको र त्यसका लागि कार्यविधि पनि पारित भइसकेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

“बोर्डले कक्षा १२ को परीक्षा आगामी असोजसम्ममा सम्पन्‍न गरिसक्ने तयारी गरेको छ । बोर्डले कक्षा ११ को परीक्षा र मार्किङको कार्यविधि पनि पारित गरेको छ,” उनले जानकारी दिए । असोज लागेलगत्तै कक्षा १२ को परीक्षा गर्ने तयारी बोर्ड गरिरहेको छ । उनका अनुसार विद्यालयले कक्षा ११ को परीक्षा लिँदा बोर्डले यसअघि लिएको जस्तै गरी लिनुपर्ने र प्रमाणीकरण एवं मूल्यांकन पनि विद्यालयले गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस