लकडाउन, राहत र मनोवृत्ति

वसन्त आचार्य

चैत २४, २०७६

आफैले आफैलाई छामौ तपाई राहत लिन योग्य हो की होइन । यसो गर्दा पनि तपाईलाई ग्लानी महसुस भएन भने मात्रै राहत लैजानुहोस् । राज्यले व्यवस्था गरेको सिमित राहत टाठाबाँठाले मात्रै पाउने भए भने विपन्न वर्गमा मानिसहरुको भोक कसले मेटाउँने ? आफैले आफैलाई प्रश्न गरौ ।

एसइइ दिनेहरु परीक्षाको अन्तिम तयारीमा थिए, शैक्षिक सत्रको अन्त्यमा हुने विदालाई सदुपयोग गर्नका लागि अभिभावकहरु विभिन्न ठाउँ घुम्ने योजना कुरिरहेका थिए, राज्यले पर्यटन वर्ष जो घोषणा गरेको थियो । हरेक व्यक्तिका आआफ्नै योजना , सपना र गति थिए । चिन कोरोनाको प्रकोपले आक्रान्त हुँदा पनि आँगन जोडिएका हामीहरुलाई खासै चासो थिएन । विश्वले नै यस्तो अनुभुति गरेको थियो कोरोना केवल चिनमा मात्रै फैलन्छ र चिनलाई मात्रै सखाप पार्छ ।

भाइरसको कुनै घर हुँदैन, ठाउँ हुदैन र सीमाना हुँदैन । यसले शक्तिशाली र गरिब राष्ट्र हेर्दैन । र त विकासको उच्च चरणमा पुगेको अमेरिका, इटली र स्पेन जस्तो देशमा यसले अहिले तान्डव गरिरहेको छ । विश्वयुद्धमा नकाँपेका मुटुहरु यतिवेला त्रासदीपूर्ण भएका छन् । वोली बारेका अमेरिका र चिन बीच पुलकाे काम समेत गर्यो कोरोनाले । वुढापाका भन्थे प्रकृतिसँग कहिल्यै जोरी नखोज्नु । साच्चै निक्कै वैज्ञानिक र प्रशोधित भनाइ रहेछ त्यो ।

विश्वका हरेक देशको हिडाईको गति आआफ्नै थियो । कोहि जहाजको गतिमा थिए, कोही रेलको र गाडीको त कोही साइकलको गतिमा थिए । तर सबैको गतिलाई एकैपटक कोरोनाले लकडाउन गरिदियो । शुन्य पारिदियो । अरबौ मानिसहरु कोठाभित्र टिकटक वनाउन वाध्य भए । कहिल्यै आँखा नलागेका सिनेमा समेत यतिवेला युट्युवमा हिट भइरहेका छन् । मान्छे घरमा वसेको छ तर वाध्यताले वस्नु जेल जस्तो हुँदोरहेछ । संसारको गति शुन्य भएको छ ।

संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनलाई हामीले कुनै अमुक पाटीले गरेको वन्दसँग तुलना गरेर कसरी तोड्न सकिन्छ भन्ने कुरामा उद्यत भइरहेका छौ ।

कोराना संक्रमणको जोखिम नेपालमा प्रवेश गर्न गर्न लाग्दा अत्यन्त सावधानीपूर्ण तरिकाले सरकारले लकडाउन घोषणा गर्यो । सबैभन्दा धेरै विद्यार्थी सहभागी हुने र सबैभन्दा धेरैको चासो हुने एसइइ परीक्षा समेत स्थगित गरेर सरकारले पुरै देश लक गर्यो । घोषणाका हिसावले देश त लकमा पर्यो तर व्यवहारिक रुपमा भने अझै पनि यसलाई जनताले कार्यान्वयन गर्न सकिरहेका छैनन् ।

संक्रमण फैलन नदिनका लागि सरकारले घोषणा गरेको लकडाउनलाई हामीले कुनै अमुक पाटीले गरेको वन्दसँग तुलना गरेर कसरी तोड्न सकिन्छ भन्ने कुरामा उद्यत भइरहेका छौ । मानौ सरकारले कतै निषेधित क्षेत्र घोषणा गरेको छ र हामीले त्यसलाई तोड्नै पर्नेछ ।

जति हामीले कडाइका साथ लकडाउनको पालना गर्छाै उति छिटो नै हामीले यसबाट छुटकारा पाउँछौ भन्ने कुरालाई आत्मसाथ गर्न हामीलाई निकै गाह्रो भएको छ । नियम प्रकृतिको पनि छ, विहान हुनका लागि रात हुनैपर्दछ तर हामी विहान मात्रै किन खोजिरहेका छौ ? लकडाउनलाई अनुशासनपूर्ण तरिकाले पालना वाहेक यसबाट जोगिने अर्को कुनै वुटी वनेको छैन ।

विश्वको एउटा शक्ति सम्पन्न देश कोरोनाका कारण आक्रान्त हुँदा अन्य देशहरु आफ्नै गतिमा थिए । उनीहरु कोरोनाका चिनका लागि मात्रै हो भन्ने ध्यानमा थिए । जसका लागि सामान्य खालको पनि तयारी कसैले गर्ने आवश्यक ठानेन । चिनले लकडाउनलाई पूर्णत पालना गरेर यसबाट छुटकारा पाउने वाटोमा अगाडी वढिरहेको छ । तर जुन देशले यसलाई आवश्यक ठानेनन् ति सबै अहिले विपत्तिको गहिरो भासमा परेका छन् ।

समयमै लकडाउन गर्न सकिएको भए यसले पक्कै पनि यो विकराल रुप लिने थिएन । विकसित देशको अहम्ताका कारण आज हाम्रो जस्ता विकासोन्मुख देशहरुले ठूलो क्षति वेहोर्नु परेको छ । नेपालले आर्थिक क्षति वेहोरेको भएपनि खासै मानविय क्षति वेहोरेको छैन । सरकारले विपत्तिको आँकलन गरेर जुन खालको लकडाउन समयमै घोषणा गर्यो । यसले पनि हामीलाई जोखिमबाट जोगिनका लागि वलियो आधार तय गर्यो । तथापि पछिल्लो समय केही मुटु काँप्ने समाचारहरु पनि सार्वजनिक भइरहेका छन् । यसले भोलिको हाम्रो अवस्था कस्तो हुने हो भन्ने वारेमा भन्न सकिने अवस्था छैन ।

सिंहदरवारदेखि टोलविकास संस्थासम्म भ्रष्ट मानसिकता कायमै रहेको वेलामा राहत वितरणलाई पारदर्शी र न्यायपूर्ण वनाउनु फलामका च्युरा चपाउनु भन्दा पनि कठिन छ ।

लकडाउन आफ्ना लागि हो भन्ने कुरालाई हामीले वलियोसँग वुझ्नु परेको छ । आज मिठो नखान सकिन्छ, राम्रो नलगाउन सकिन्छ , साथीभाइहरु भेला नगर्न सकिन्छ तर कोरोनासँग लापरवाही गरे भोलि यो संसारमा रहन सकिदैन भन्ने कुरा हामीले वुझेर पनि किन कार्यान्वयन गर्न सकिरहेका छैनौ  ? आज कोरोना संक्रमित देखिएनन् भनेर यहाँ सबै कुरा ठिकठाक छ भन्न सकिन्न ।

अहिले पनि केयौ स्वाबहरु परिक्षण हुन वाँकी छ अनि संक्रमित भइसकेकाहरु कहाँ कहाँ गए ? कसलाई कसलाई भेटे ? यसको वारेमा पनि अनभिज्ञता रहेको छ । लकडाउनलाई जति कडाइका साथ पालना गरिन्छ उति नै धेरै हामीले यो विपत्तिबाट मुक्ति पाउँछौ अन्यथा यो अवस्था लामो समयसम्म रहिरहन्छ । सरकारले घोषणा गरेको कुरालाई सरकारको समर्थन होइन आफ्नो ज्यानको समर्थनका रुपमा वुझेर पालनामा कडा हुनु आवश्यक छ ।

राहत वितरणलाई पारदर्शी वनाउन सकिएन भने फेरी विपन्न वर्गका जनताले राहत नपाउने निश्चित छ । कोही रिसाँउला, भोट नदेला जस्ता साना साना कुराहरुमा अल्झिएर हामीले सहि पहिचान गर्न चुक्नु हुँदैन ।

नेपालमा दिनभर काम गरेर साँझ चुलो वाल्नेहरुको संख्या धेरै छ । संक्रमणको विपत्तिलाई मनन गरेर लामो समय लकडाउन हुँदा उनीहरु विचल्लीमा परिरहेका छन् । रोगसँगको लडाइबाट जोगिन खोज्दा भोकसँगको लडाइमा पराजय त भइने होइन ? सबैलाई यसको ठूलो चिन्ता छ । यही कुरालाई मनन गरेर सरकारले राहतको घोषणा समेत गरेको छ । तर हामी यस्तो देशमा छाै । जहाँ घोषणा र कार्यान्वयनका विचमा लामो रेखा कोरिएको छ । घोषणाका लागि खरायोको गति पकड्ने सरकारले कार्यान्वयनका लागि कछुवाको गति समेत समात्न सकेको देखिदैन । तर यो वेलाको अवस्था वेग्लै छ । मुलुक संघीयतामा छ । स्थानीय सरकारहरुले जिम्मेवारीबाेध गरेर काम गरिरहेका छन् ।

सरकारले सकेको आफै वजेट विनियोजन गरेका छन् भने नसकेको कुरामा सहयोगको अपिल गरिरहेका छन् । तर जनताको चुलो भने वालेकै छन् । विपन्न वर्गका जनताको घरमा चुलो वाल्नका लागि सरकारले गरेको काम आफैमा उत्साहप्रद छ । तर हामीले त्यसको कति सदुपयोग गर्यौ भन्ने कुरालाई मनन गर्नुपर्दछ । सिंहदरवारदेखि टोलविकास संस्थासम्म भ्रष्ट मानसिकता कायमै रहेको वेलामा राहत वितरणलाई पारदर्शी र न्यायपूर्ण वनाउनु फलामका च्युरा चपाउनु भन्दा पनि कठिन छ । यो घडी यही परिक्षणका लागि पनि महत्वपूर्ण मानिन्छ ।

राहत वितरणलाई पारदर्शी वनाउन सकिएन भने फेरी विपन्न वर्गका जनताले राहत नपाउने निश्चित छ । कोही रिसाँउला, भोट नदेला जस्ता साना साना कुराहरुमा अल्झिएर हामीले सहि पहिचान गर्न चुक्नु हुँदैन । हिजो कसले के गर्यो त्यो विगत हो , देश वनाउने भनेको वर्तमानले हो । हामीले वर्तमानलाई नै वलियो वनाउनुपर्दछ ।

राज्यले दिएको कुरा सकभर पाउन पाए हुन्थ्यो भन्ने मनोविज्ञान हामी सबैको छ । आफुले पाए चुप लाग्ने र अरुले पाए सामजिक सञ्जाल रंगाउने रोगबाट मुक्त हुनु जरुरी छ । आफैले आफैलाई छामौ तपाई राहत लिन योग्य हो की होइन । यसो गर्दा पनि तपाईलाई ग्लानी महसुस भएन भने मात्रै राहत लैजानुहोस् । राज्यले व्यवस्था गरेको सिमित राहत टाठाबाँठाले मात्रै पाउने भए भने विपन्न वर्गमा मानिसहरुको भोक कसले मेटाउँने ? आफैले आफैलाई प्रश्न गरौ ।

प्रतिक्रिया दिनुहोस