कोरोना संक्रमित युवासँगै भिडमा रहेका दाङका १० जनाको पहिचान

चैत २३, २०७६

तुलसीपुर । कैलालीका कोरोना संक्रमित २१ वर्षिय युवासंगै आउने दाङका १० जना युवाको पुष्टी भएको छ । संक्रमित युवासंगै आउने दाङका युवामध्ये अधिकांश घोराहीका रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही–४ का ६ जना युवा रहेका पुष्टी भएको छ ।

घोराही–४ का २२ वर्षिय दुई जना, १७ वर्षका एक जना, २६ वर्षको एक जना, २९ वर्षको एक जना र साविक सोनपुर–२ का १९ वर्षका एक जना सबै भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन् ।

यसैगरी भारतको चेन्नईबाट आएका लमही–५ का २० वर्षिय पुरुष, भारतको केरलाबाट फर्किएका सोहि ठाँउकै २५ वर्षिय पुरुष पनि संक्रमित युवासंगैको भिड गौरीफन्टामा रहेको पाइएको छ ।

त्यस्तै साविक राजपुर –८ का १९ र २६ वर्षका दुई जना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित २१ वर्षीय युवा सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए । चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनीहरु पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको खोजि भइरहेको सम्बन्धित स्थानीय पालिकाका प्रमुखल जनाएका छन् ।

उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए । त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो ।

प्रतिक्रिया दिनुहोस