विपदमा युवा नेता कुमालको साथ

असार २७, २०७७


तुलसीपुर । शुक्रबार साँझ खाना खाएर तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य दिपक कुमाल टेलिभिजन हेर्ने तयारी गर्दै थिए । तर उनको मोबाईल तारन्तार वजिरह्यो । ‘हाम्रो घरमा पानी पस्यो जसरी भएपनि केही गरिदिनुपर्यो’ वडा नम्वर ७ का बासिन्दा कुमालले उपमहानगरपालिकाको डोजर तत्काल मगाएर सम्भव भएका ठाँउमा अबेरसम्म खटिएर क्षति रोक्ने प्रयत्न गरे ।

आकाश वर्सिरहेको समेत प्रवाह नगरेर उनी जनताको घर डुवानबाट कसरी जोगाउँने भन्नेमै लागे । ‘राती अबेर १२ बजेसम्म डुवान रोक्नका लागि धेरै प्रयास गरियो’ कुमालले भने । उनी आफै फिल्डमा खटिएर काम गरिरहेका थिए । ‘जनताको काम गर्दा मनमा आनन्द आउँछ, त्यसैले रातदिन नभनेर खट्ने गरेको हुँ ’


शनिवार दिनभर पनि उनी जनताले जहाँ जहाँबाट फोन गर्छन त्यसको रेस्पोन्स गर्दै डोजेर लगेर पुगिरहेका थिए । ‘विपद्मा जनताले जनप्रतिनिधिसँग धेरै अपेक्षा गरेका हुन्छन् हामीले जसरी भएपनि जनतालाई जोगाउने कुरामा ध्यान दिनुपर्ने हुन्छ’ कुमालले भने । विपद्मा जति छिटो उद्दार गर्न सकिने त्यती नै क्षति कम गर्न सकिने भएकाले पनि तत्काल जनताको उद्दारमा जुटेको उनले वताए ।

वाढीका कारण भएको क्षतिको विवरण लिएर कार्यपालिकामा कुरा उठाउने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।
शुक्रवार आएको अविरल वर्षाले तुलसीपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस