चालिस प्रतिशत नेपालीले जिते कोरोना

असार २०, २०७७

पछिल्ला केहि दिनमा कोरोना संक्रमणबाट निको हुने दर बढिरहेको छ। शुक्रबार मात्रै कारोना संक्रमण ८ सय ३३ जना निको भएका छन्।

शुक्रबार सम्मको तथ्यांकलाई हेर्दा नेपालमा १५ हजार २ सय ५९ संक्रमित भएका भने निको हुने संख्या ६ हजार १ सय ४३ पुगेको छ।
मन्त्रालयको अनुसार संक्रमित देखिएका मध्ये ४० प्रतिशत मानिसहरु कोरोनाबाट निको भएका छन्।

प्रदेश १ मा कुल संक्रमित मध्ये ४ सय जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार प्रदेश २ मा १ हजार ८६७, बाग्मती प्रदेशमा १८५, गण्डकी प्रदेशमा २१४, प्रदेश ५ मा १ हजार ७२५, कर्णाली प्रदेशमा १७२ र सुदुरपश्चिम प्रदेशमा ६८० जना निको भएका छन्।

शुक्रबार देशभरका २३ वटा प्रयोगशलामा गरिएको परीक्षणमा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जुन संख्या अहिले सम्मकै उच्च हो। हालसम्म कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस