शुक्रबार नीति कार्यक्रम ल्याउँदै तुलसीपुर

असार ०४, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम ल्याउन लागेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार कृषि, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएर आउने थालेको नीति तथा कार्यक्रम असार ५ गते प्रस्तुत गरिने छ ।


कोरोना संकटका कारण आम जनताको जीवनमा परेको प्रभावलाई मध्यनजर गरेर बजेट ल्याउने गरी नीति तथा कार्यक्रम तय भएको पनि उनले वताए । “जीवन रहे मात्रै समृद्धिको अर्थ रहन्छ त्यसकारण यो वर्षलाई हामीले स्वास्थ्यमा वढि केन्द्रीत गरेका छौ ” पाण्डेले भने । उनले गत आर्थिक वर्षमा जस्तै यो वर्ष पनि विकास प्राधिकरण मार्फत काम अगाडि वढाउने गरि कार्यक्रम ल्याउन थालिएको जानकारी दिए ।

नीति तथा कार्यक्रम पूर्व उपमहानगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई छलफल गरेको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा विहान ११ वजे नगरप्रमुख पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
स्थानीय तहहरुले असार १० गतेसम्म बजेट प्रस्तुत गर्नैपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस