काेराेना जित्नेकाे संख्या पुग्याे ९१३

जेठ ३१, २०७७

पछिल्लो २४ घण्टामा थप ३६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। आज देशभरका आइसोलेसनमा रहेकामध्ये नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन्।

हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्।

नेपालमा आज २७३ नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ। जसमध्ये ९१३ निको भइसकेका छन्। यस्तै  १८ जना संक्रमितको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस