तुलसीपुरमा अत्यावश्यक बाहेक पसल २ दिन खुल्ने

जेठ १४, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्र अत्यावश्यक वाहेकका पसलहरु पनि खुल्ने भएका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले लामो समय लकडाउन हुँदा प्रभाव पारेको भन्दै सातामा २ दिन आइतबार र बिहिबार खुल्ने गरी यस्तो निर्णय गरेको हो ।

संघका अध्यक्ष विरवहादुर रावत विरुको अध्यक्षतामा भएको बैठकमा उक्त दिन अत्यावश्यक पसलहरु वन्द गरिने निर्णय गरेको हो । ‘सामाजिक दुरी कायम गरेर खोल्ने निर्णय गरिएको हो’ अध्यक्ष रावतले भने ।

जनता र व्यवसायीको माग अनुसार यस्तो निर्णय गरिएको जनाइएको छ । यो निर्णयसँगै भोलिबाट हार्डवेयर,इलेक्ट्रोनिक्स,फेन्सी लगायतका पसलहरु खुल्नेछन् ।

प्रतिक्रिया दिनुहोस