संस्कृत विश्वविद्यालयमा अनलाइन कक्षा सञ्चालन

बैशाख २, २०७७

दाङ, २९ बैशाख– नेपाल संस्कृत विश्वविद्यालयले लकडाउनको समस्यालाई मध्यनजर गर्दै अनलाइन कक्षा सञ्चालन गरेको छ । लामो समय लकडाउन भएका कारण बिद्यार्थीलाई अनलाइनबाट पठनपाठन गराउन थालेको विश्वविद्यालयका कूलसचिव माधव अधिकारीले बताए ।

अहिले आयुर्वेदका साथै केही क्याम्पसहरुमा शुरु गरिएको र अन्य सबै क्याम्पसहरुमा सञ्चालनका लागि तयारी भैरहेको उनले जानकारी दिए ।

समयानुकूल प्रबिधिमैत्री शिक्षाका लागि विश्वविद्यालयले आबश्यक पूर्वाधार पनि तयार गरिरहेको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस