विकास निर्माणका सामानका लागि पास लिनु नपर्ने

बैशाख २७, २०७७

 

जिल्लामा विकास निर्माणका प्रयोजनका लागी प्रयोग हुने गाडीले पास लिनु नपर्ने भएको छ । जिल्ला सुरक्षा समितिको शनिवार घोराहीमा बसेको बैठकले कुनै पनि विकास निर्माणका लागी प्रयोग गरिने गाडी, निर्माण व्यवसायीले पास लिन नपर्ने निर्णय गरेको हो ।

जिल्लाका स्थानीय तहका प्रमुखहरुको समेत उपस्थिति रहेको बैठकमा सम्वन्धित पालिकाले त्यसको लागि काम गर्ने बातावरण तयार गर्ने र अनुमति दिने निर्णय भएको छ ।

लकडाउनका कारण विकास निर्माणका आयोजनाहरु प्रभावित बनेपछि सरकारले सामाजिक दुरी काम गरी विकास निर्माणका आयोजना सन्चालन हुन दिने भनेको छ । सोहि अनुरुप जिल्ला सुरक्षा समितिले सम्वन्धित स्थानीय तहलाई जिम्मा दिने गरी निर्णय गरेको हो । लकडाउनको आदेश र मापदण्डकाे पालनालाई कार्यान्वयन गराउनका लागि पनि सम्वन्धित पालिकाले अनुगमन गर्नेछ ।

यस्तै बैठकले विकास निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीका लागी प्रत्येक बुधवार र शनिवार हार्डवयर पसल खोल्न दिने निर्णय गरेको छ । हप्ताको दुई दिन विहान ६ बजेदेखि १० बजे सम्म आवश्यकताको आधारमा पसल खोल्न दिईने निर्णय भएको हो । यद्यपी पसल खोलेर बस्न पाईने छैन । आवश्यकता र समन्वयको आधारमा मात्रै पसल खोल्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस