आमिर खानले पिठोमा १५ हजार भारु राखेको हल्ला मात्रै

बैशाख २२, २०७७  |  ४७ पटक पढिएको

मुम्बई। केही दिनदेखि भारतमा एउटा खबर निकै भाइरल बनेको छ, जसमा बलिउड अभिनेता आमिर खानले एक किलो पिठोको प्याकेटमा १५ हजार भारु हालेर राहत वितरण गरेको उल्लेख छ।

 

तर, आमिरले आफूले कुनै राहत वितरण नगरेको प्रष्ट पारेका छन्। उनले ट्विटरमार्फत आफूले त्यसरी पिठोको प्याकेटमा पैसा राखेर नबाँडेको बताए। उनले लेखेका छन्, “म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो। कि त यो पूर्ण झूट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैनन्। सुरक्षित रहनुहोला। धेरैधेरै माया छ।”

यो खबरमा उनको नाम कसरी जोडियो भन्नेमा भारतीय सञ्‍चार माध्यमले अनेक टिप्पणी गरेका छन्। सामाजिक कार्यमा उनी सधैं अग्र पंक्तिमा हुने भएकाले उनले नै यो राहत वितरण गरेको हुन सक्ने अनुमान गरिएको थियो।

हुन त, कोभिड-१९ को महामारीमा आमिरले आफ्नातर्फबाट सक्दो सहयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस