अत्यावश्यक वाहेक पसल खोल्ने पक्राउ

बैशाख १, २०७७

तुलसीपुर । लकडाउनको समयमा अत्यावश्यक वाहेकका पसले खोलेको भन्दै तुलसीपुर प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार पक्राउ पर्नेमा केदार भाँडा पसलका केदार गुप्ता, श्रृङ्गार पसलका ऋषीराम आचार्य, जितेस फेन्सी स्टोरका ईश्वरी गुप्ता, जुत्ता पसलका रामकुमार रावत, चप्पल पसलका धनबहादुर नेपाली, हार्डवेयर पसलका भुपेन्द्र केसी, हेयर कटिङका पद्मेश्वर ठाकुर र पक्राउ परेकालाई छोड्न भन्दै सिफारिस गर्ने अर्का तोकमान केसीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई बिहान सवा ८ बजे पक्राउ गरिएको हो । हिजो मात्रै ७ जना व्यापारी लकडाउन उलंघन गरेर पसल खोलेको आरोपमा पक्राउ परेपनि आगामी दिनमा गल्ती नगर्ने सर्तमा छोडिएको थियो । तुलसीपुरमा विहान ६ बजेदेखि ९ बजेसम्म तरकारी, माछा,मासु र खाद्यन्न लगाएतका अत्यावश्यक पसलहरुलाई मात्र खोल्न अनुमति दिइएको छ ।

लकडाउनकाम भिडभाड कम गर्न तुलसीपुर बजारमा प्रत्येक दिन बिहान २ घन्टा अत्यावश्यक पसल खोल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस