कामदारको स्वास्थ्य सुरक्षाका लागि सरकारको दायित्व

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक दिवस

बैशाख १, २०७७

 

आजको समयमा काम बिना माम पाउन आम मानिसलाई आकाशको फल आखाँ तरिमर भने झैं छ । परम्परागत प्रणाली होस या आधुनिक शैली अपनाएर मानिसले जिउनको लागि तमाम काम फत्य गरेकै हुन्छ ।स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त कामदारको माग बढेकै छ । नेपालीले स्वदेश होस या विदेशमा दश नग्रा खियाएकै छन् । दिनानुदिन रोजीरोटीका लागि आफूलाई जोखिम मलेर भएपनि मानिस काममा जोतिएकै छ । मानिसहरुआफ्नो स्वास्थ्य सुरक्षा विना नै बेप्रवाह ढंगलेरोजगारीको खोजीमाभौतारिरहेको छ । साथै विभेदरहित, सुरक्षित, मर्यादित र स्वस्थ काम गर्ने वातावरण प्रदान गरीएमा मानवीय मूल्य र मान्यताको परिचय सावित हुन्छ ।

नेपालीहरुको विदेश जानेको संख्या बढ्दो छ । नेपाली कामदारको मुख्य श्रम गन्तव्य भारत लगायत खाडीका ६ देश (साउदी, कतार, यूएई, कुवेत, बहराइन, ओमान) र मलेसिया रहेका छन् ।नेपालीहरु अधिकांश निर्माण कार्य लगायत घरेलु कामदारका रुपमा विदेशीयको पाईन्छ । आज विश्व समुदाय कोरोना भाइरस अर्थात कोभिड १९कोकहरमा बल्झिएको छ । मानवीय क्षति अकल्पनीय दुर्घटनामा गुज्रिरहेको छ । दिनानुदिन मानिसमा संत्रासको बादलमडारिएको छ । संसारका विकसित एवं सुविधा सम्पन्न देशहरु पनि आजको विषम परिस्थितीमा घायल भैसकेका छन् ।नेपाल लगायत विश्वभर लकडाउनको अबधि कतै खुकुलो भएपनि अनिश्चितकालीन नै रहने देखिन्छ । नेपालमा मात्र लकडाउनको अवधि एक महिना भन्दा बढी भैसकेको छ । लकडाउनका अवधिभर खाद्यबस्तुको अभावका कारण खानलाउन कठिन हुने संभावना छ । ज्यालादरीका कामदारलाई दुई छाकटार्न धौ धौ पर्ने देखिन्छ ।

विदेशमा नेपाली काम गर्न गएका कम्पनी बन्द भएका छन् । हवाइ उडान पनि बन्द छ । कति कम्पनीले तलब दिएका छैनन् भन्ने कामदारहरुको गुनासो छ । करार सम्झौता गरेरै गएका छन् नेपालीहरु काम गर्न । नेपाली कामदारको कारणले यो अस्वस्था सृजना भएको होइन । न्युनतम पारिश्रमिक पाउनु पर्छ भन्ने माग सर्वत्र छ । केही देशले यो अमानवीय हुन्छ भनेर दिने भनेका छन् भने केही देशमा कठिनाइ भएको छ । त्यसैले न्युनतम ज्याला पाउने व्यवस्थाका लागि समन्वय र सहजिकरण भैरहेको छ । बन्द रहेको समयमा तलब दिलाउन भनेर नेपाल सरकारले पहल गरेको छ ।

अहिले थुप्रै नेपाली कामदारहरुको भिसा र करारको अवधि सकिएको छ । कतिले त नेपाल फर्कने टिकटसमेत काटिसकेका थिए । उनीहरु फर्कन नपाउँदा ओभरस्टे को अवस्था श्रृजना भएको छ । नेपाली श्रमिकहरु करार गरेर नै काममा जाने हुँदा रोजगारदाता कम्पनीले नै फर्कने टिकट दिएको हुन्छ, समस्या हुँदैन । करारको अवधि सकिएको अवस्थामा परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित नेपाली दूतावासले सम्बन्धित देशका सरकारसँग समन्वय गरेर काम गरिरहेका छन् । यो नेपालीसहित धेरै देशका नागरिकको साझा समस्या भएकाले करारको पनि म्याद थप्ने र भिसाको पनि म्याद थप्ने गरी धेरै जसो देशले निर्णय पनि गरिसकेका छन् । धेरैले यस्तो समस्या भोग्ने श्रमिकलाई कानुनी रुपमै यो लकडाउनको अवधिभरि बस्ने व्यवस्था मिलाउने भनेर दूतावासमार्फत जानकारी भैसकेको छ ।

नेपाली कामदार गएका देशहरुमापनि कोरोना भाइरस संक्रमण फैलिरहेको छ। कोरोना सङ्क्रमणको जोखिमसँगै रोजगारीका लागि करार अवधि र भिसा सकिएका, ओभर स्टे भएका, कागजातबिहीन भएर काम गरिरहेका, पर्यटक भिसामा गएर काम गर्दै गरेका नेपाली कामदारलाई अर्को समस्या थपिएको छ । खाडीका केही देशमा लकडाउनका साथै कर्फ्यु समेत लागेको छ । यस्तो बेला त्यहाँ रहेका नेपाली कामदार बिरामी परे उपचार रकम्पनीमा काम बन्द हुँदा खान बस्नको पनि समस्या छ । नेपाल फर्कनको लागि लकडाउनका कारण र खर्च अभावका कारण समस्या भएको छ ।देशमा वा विदेशमा यस्तो समस्या भोग्ने कामदारलाई नेपाल सरकारले कसरी सहयोग गर्छन् त ?यी प्रश्न हाम्रा सामु देखा परेका छन् ।

अनिकालमा विउ जोगाउनु हुलमूलमा जिउ जोगाउनु भने झै अहिलेको समय भनेको आफू पनि जोगिने र अरुलाई पनि जोगाउनुहो ।कोरोनाबाट बच्न र बचाउनदूरी कायम गर्नु पर्दछ । आत्तिनु पर्दैन । साथीभाइ सकेसम्म नभेटौं । भेट्नै पर्ने भए पनि दुरी कायम गरौं । लाग्नासाथ मरिने पनि होइन । आफूलाई ज्वरो आएमा सावधानी अपनाउने गर्नु पर्दछ । नेपाल सरकारको तर्फबाटविदेशमा रहेका नेपाली कामदारका अवस्थाको बारेमा जानकारी लिईएको छ । कामदारको सुरक्षा र स्वास्थ्य व्यवस्थापनमा सरकारी पक्षका कमजोरीहरु पनि प्रशस्त देखिएका छन् । अन्य वर्गको पनि कुनै चासो देखिदैन । सरकारको आलोचना मै अलमलिएका छन् । यस्तो विपदको परिस्थितीमा पनि आफू अनुकूल फाईदा लिने वर्गको जमात पनि नदेखिएको होईन । न्यूनतम स्वास्थ्यसँग सम्बन्धीत बन्दोबस्तीको अभावमा नै नेपाली कामदारहरु आफूलाई कर्तव्यनिष्ठ बनाई रहेका छन् ।

कोरोनाको जोखिम बढ्दो छ । भोलिका दिन गन्तव्य देशबाट लाखौं नेपाली नागरिक ल्याउनु सरकारको कर्तव्य हुनेछ ।करिब १० लाख भन्दा बढी नेपाली कामदार विदेशबाट स्वदेश फर्कने अनुमान गरिएको छ । नेपाली नागरिकता भएका हरेक व्यक्तिको जिम्मा नेपाल सरकारले लिन्छ । सरकारको लक्ष्य भनेको नेपालीको हीत र रक्षा नै हो । ल्याएपछि एउटा सुरक्षा र स्वास्थ्यको प्रावधान पूरा गर्नु पर्दछ । क्वारेण्टीनमा तोकिएको अवधि सम्म बस्नुपर्ने हुन्छ । नेपाल सरकारले आवश्यक व्यवस्था गर्नु पर्दछ । स्थानीय, प्रदेश र केन्द्र सरकारले क्षमता वृद्धिमा ध्यान पु¥याउनु पर्दछ । नेपाल सरकार भनेको नागरिक र आमसमुदायको नै हो । आम नागरिक मिलेर गर्ने हो । हामी सबै मलेर महामारिको बिरुद्ध लाग्नु पर्ने छ । कुनै पनि नागरिक राज्यबिहीन हुनु हुँदैन ।

नेपाली कामदारलाई सरकारले जस्तोसुकै परिस्थितीमा पनि राहत र उद्दार गर्नु पर्दछ। नेपाली कामदारको सुरक्षा र स्वास्थ्यको लागि आवश्यक काम गरिनु पर्दछ । तत्काललाई महामारीबाट पार पाउने उपायमा नै ध्यान केन्द्रित हुनु पर्दछ ।

नीतिगत हिसाबले नेपाल सरकार श्रम विभागको कार्यक्षेत्र मूलतः श्रम व्यवस्थापनगर्ने हो । विभागले कार्य विवरण अनुरुप आफूलाई निर्दिष्ट गरिएको आर्थिक, प्रशासनिक तथा नीति निर्देशन सम्बन्धी कार्यसञ्चालनका साथै व्यवस्थापनका कार्य समेत गर्नुपर्दछ । अव कुरा आउँछ व्यवहारिक दृष्टिकोणबाट सरकारको तर्फबाट कामदारका लागि के गर्न सकिन्छ त ?कामदारहरुको आधारभूत हक अधिकारको संरक्षण तथा सुरक्षित कार्यअवस्थाको प्रवद्र्धन गर्नुका साथै काममा सुरक्षा एवं स्वास्थ्य व्यवस्थापन ्सम्बन्धी भरपर्दाे र विश्वसनिय आधार तयार गरिनु पर्दछ।कल्याणकारी कोषको व्यवस्थापनमा बिशेष योजना प्रबद्र्धन गरिनु पर्दछ ।काममा सुरक्षा तथा स्वास्थ्य व्यस्थापन गर्न व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको क्रियाशिलतामा जोड दिईनु पर्दछ ।

सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनु पर्दछ । रोजगारदातासँग कामदारकोे हकमा निज कार्यरत प्रत्येक रोजगारदाताले त्यस्तो श्रमिकले पाउने आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष वा सामाजिक सुरक्षा सम्बन्धी सुविधा उपलब्ध गराउनु पर्दछ । औषधि उपचार बीमामा प्रभावकारीता ल्याउनु पर्दछ । रोजगारदाताले प्रत्येककामदारको वार्षिक औषधि उपचारको रकममा वृद्धि गरिनु पर्दछ ।दुर्घटना बीमा रोजगारदाताले प्रत्येक कामदारको गरिदिनु पर्दछ ।
व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था निर्देशनको अधीनमा रही रोजगारदाताले कार्यस्थलमा कामदारको सुरक्षा र स्वास्थ्य सम्बन्धी नीति बनाई लागू गर्नु पर्दछ ।रोजगारदाताले बनाएको सुरक्षा तथा स्वास्थ्य नीतिको पालना भए नभएको सम्बन्धमा सरकारले नियमित रुपमा अनुगमन गर्नु पर्दछ ।

कामदारप्रति रोजगारदाताको कर्तव्य, व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको कामदारप्रतिको कर्तव्य कार्यस्थलमा सुरक्षा र स्वास्थ्य सम्बन्धी उचित प्रबन्ध गरीनु पर्दछ ।कार्यस्थलमा काम गर्ने सुरक्षित वातावरण बनाउनु पर्दछ । कार्यस्थलमा भौतिक, रासायनिकवा जैविक पदार्थ र तत्सम्बन्धी उपकरणको प्रयोग, सञ्चालन, सञ्चय र परिवहन गर्दा सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने व्यवस्था मिलाईनु पर्दछ ।कामदारलाई आवश्यकता अनुसार सुरक्षा र स्वास्थ्य सम्बन्धी आवश्यक सूचना, जानकारी र तालिम प्रदान गरिनु पर्दछ । उपकरण वा कामसँग सम्बन्धित भौतिक, रासायनिकवा जैविक पदार्थको प्रयोग र सञ्चालनका सम्बन्धमा आवश्यक तालिम र जानकारी उपयुक्त भाषामा दिने व्यवस्था हुनु पर्दछ । कार्यस्थलमा सुरक्षित रुपमा प्रवेश गर्ने तथा निस्कने समुचित व्यवस्था हुनु पर्दछ ।
कामदारलाई आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा साधन उपलब्ध गराउनु पर्दछ। कामदारलाई निशुल्क सुरक्षा सम्बन्धी सुविधा वा उपकरण रोजगारदाताले उपलब्ध गराउन पर्दछ । रोजगारदाताले कार्यस्थलमा आउने र जाने वा कार्यस्थल भएर हिड्ने अन्य व्यक्तिको समेत सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाउनुु पर्दछ ।

कार्यस्थलको कुनै कार्य प्रकृयाबाट कसैको सुरक्षा वा स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्न सक्ने भए रोजगारदाताले जानकारी दिने व्यवस्था मिलाउनु पर्दछ ।रासायनिक पदार्थ वा जैविक पदार्थको प्रयोग वा उत्पादन गर्ने सञ्चालन गर्दा निस्कने तरल पदार्थ वा ग्याँस वा अन्य कुनै कुराले जीवजन्तु, मानिस तथा वातावरणमा प्रतिकूल प्रभाव नपार्ने गरी व्यवस्थापन गर्नु पर्दछ । कार्यस्थल, उपकरण, वस्तु वा पदार्थ सम्बन्धित कामको लागि सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गर्ने कर्तव्य जिम्मेवार व्यक्तिको हनु पर्दछ । जिम्मेवार व्यक्ति कार्यस्थल, उपकरण, वस्तु वा पदार्थमाथि स्वामित्व वा नियन्त्रण भएको व्यक्ति हो ।

कार्यस्थलमा सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्धको मूल्याङ्कन गर्ने र त्यस्तो प्रबन्धलाई अझ बढी प्रभावकारी बनाउन ध्यानाकृष्ट नीति हरेक वर्ष पुनरावलोकन गरिनु पर्दछ

उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताले कार्यस्थलमा प्रयोग गरिने उपकरण, वस्तु वा पदार्थकोउत्पादन, आयात वा आपूर्ति गर्दा सुरक्षा तथा स्वास्थ्यको दृष्टिले व्यक्तिको सुरक्षा र स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी उपयुक्त ढङ्गले सञ्चालन वा प्रयोग गर्ने विधि तथा प्रकृया निर्धारण गरिनु पर्दछ । खतरा हटाउन वा घटाउन आवश्यक कुराहरुको बारेमा पूर्ण रुपमा जानकारी गराउन दिग्दर्शन तयार गर्नु पर्दछ ।कार्यस्थलमा जानाजानी वा लापरवाहीपूर्वक कामदारले पनि आफ्नो कर्तव्य विर्सिएर सुरक्षा तथा स्वास्थ्यमा प्रतिकूल असर पर्ने वा खतरा पुग्ने कार्य नगर्ने । रोजगारदाता तथा कामदार समेत आपसी आवश्यक सहयोग गर्ने, उपकरण, वस्तु वा पदार्थको सञ्चालन तथा प्रयोग सुरक्षित तथा होसियारीपूर्वक सञ्चालन गरिनु पर्दछ ।

सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा परेको कारणबाट काम बन्द गर्न सकिन्छ । तत्काल खतरा भएमा काम बन्द गर्ने नगरे त्यस्तो काम गर्ने कामदार र रोजगारदाताको हुनेछ ।

दिग्दर्शन,सल्लाह तथा अन्य कुराको सम्बन्धमा जानकारी हासिल गर्ने, रोजगारदाताले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा साधनको अनिवार्य रुपमा प्रयोग गरिनु पर्दछ ।कामदारको प्रतिनिधित्व हुने गरी रोजगारदाता समेतको सम्मिलित सुरक्षा तथा स्वास्थ्य समिति गठन गरिनु पर्दछ । सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकार कार्यस्थलमा प्रभावकारी बनाउन रोजगारदातालाई परामर्श दिने, कार्यस्थलमा सुरक्षा तथा स्वास्थ्य सम्बन्धी प्रबन्धको मूल्याङ्कन गर्ने र त्यस्तो प्रबन्धलाई अझ बढी प्रभावकारी बनाउन ध्यानाकृष्ट नीति हरेक वर्ष पुनरावलोकन गरिनु पर्दछ । रोजगारदाता र कामदार अनुशासन रहनु पर्दछ । सुरक्षा तथा स्वास्थ्य सम्बन्धी उचित व्यवस्था नगरेमा उजूरी दिने व्यवस्था हुनु पर्दछ ।

सुरक्षा तथा स्वास्थ्यमा तत्काल खतरा परेको कारणबाट काम बन्द गर्न सकिन्छ । तत्काल खतरा भएमा काम बन्द गर्ने नगरे त्यस्तो काम गर्ने कामदार र रोजगारदाताको हुनेछ । कसैलाई स्वास्थ्य खतरा पुग्ने गम्भीर किसिमको अनपेक्षित क्षति वा हानी नोक्सानी हुने अवस्था भएमा रोजगारदाता वा जिम्मेवार व्यक्तिलाई दिनु पर्दछ ।
कामदार र रोजगारदाताबीच कुनै विवाद हुँदा हानी नोक्सानी पु¥याउने, दुःख दिने वा रिसइवी साध्ने गरिनु हुदैन ।कामदारलाई निजको सेवा शर्तको अधीनमा रही रोजगारदाताले काममा लगाउनु पर्नेछ ।काममा सुरक्षा र स्वास्थ्य मापदण्डको बिशेष व्यवस्था हुनु पर्दछ । आँखा बचाउ सम्बन्धी व्यवस्था, रासायनिक पदार्थ, जैविक पदार्थबाट बचाउ सम्बन्धी व्यवस्था, मेसिनको सम्बन्धी व्यवस्था,आदि ।

कार्यस्थलमा कुनै दुर्घटना भएमा वा दुर्घटनाबाट कसैलाई चोटपटक लागेमा वा मृत्यु भएमा वा व्यवसायजन्य रोग लागेमा रोजगारदाता जिम्मेवार हुनु पर्दछ । रोजगारदाताले कार्यस्थलमा सङ्क्रामक रोगको रोकथाम तथा नियन्त्रणका लागि समुचित व्यवस्था मिलाउनु पर्दछ । कामदारलाई सङ्क्रामक रोग लागी उपचार गराउनु परेमा उपचारको अवधिभर काममा आउन निजलाई रोक लगाउने र निर्देशन पालना गर्नु सम्बन्धित कामदारको कर्तव्य रहन्छ । महिला कामदार गर्भवती भएमा स्वास्थ्य परीक्षण गराएको निस्सा प्राप्त भएमा रोजगारदाताले गर्भवती श्रमिक महिलालाई सामान्यतया स्वास्थ्यमा प्रतिकूल असर नपर्ने सरल काममा लगाउनु पर्दछ । व्यवसायजन्य रोगको उपचार सम्बन्धी विशेष व्यवस्था अनुसार कामलारलाई रोग लागेमा उपचार खर्च तथा उपचार हुन नसक्ने भएमा क्षतिपूर्ति रकम कामदारलाई दिईने व्यवस्था हुनु पर्दछ ।

उत्पलब्ध जनशक्तिलाई आधुनिक प्रविधियुक्त र बजार सुहाउँदो उत्पादनशिल बनाउन सरकार योजनाबद्ध हुनु पर्दछ ।संगठित वा असंगठित कामदारको व्यवस्थापनमा सम्बन्धित देशका शासकमा दुरदृष्टि हुनु पर्दछ । औद्योगिक तथा जुन सुकै क्षेत्रका कामदारहरुको लागि सुरक्षित, मर्यादित र स्वस्थ कार्यवातारणको सिर्जना समेतबाट कामदारको प्रभावकारी कार्यान्वयनका उद्देश्य पुराभएका हुन्छन् । औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत कामदारहरुको सुरक्षा तथा स्वस्थ्यको प्रवद्र्धन गरिनु पर्दछ । काममा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाईरहदाँ कोभिड १९ बाट संसार भरका कामदारहरु स्वास्थ्य सुरक्षा सम्बेदनशिलताबाट चिन्तित रहेका छन् । व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका विषयमा विश्व समुदाय नीति निर्माण र निर्णय कार्यान्वयनका लागि एक जुट हुनथालेका छन् ।

विश्वव्यापी भयावहको स्थितीमा संकट व्यवस्थापन मानव जगतको कल्याणकारी भावना विकास गरिनु आवश्यक देखिएको छ । स्वास्थ्य जस्तो अति संवेदनशिल कुराबाट जनतालाई स्वास्थ्य सामाजिक, आर्थिक, पारिवारिक सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हुन्छ । आम जनता सुरक्षा र स्वास्थ्यका लागि मानवीय सहयोगको अपेक्षा गरिरहेका छन् ।सबै जनताको जिम्मेवारी सम्बन्धीत सरकारले लिनु पर्दछ । त्यसेले मानिसको जन्म देखि मृत्यु पश्चात सम्मका सम्पूर्ण व्यवस्थापनमा सरकारको भूमिका रहन्छ । स्वदेशमा वा विदेशमा जो जहाँ रहेका भएपनि कामदारहरु सरकारको तर्फबाट हुनुपर्ने उचित व्यवस्थापनको पर्खाईमा छन् । धैर्य गर्ने र आफू रहेको स्थानमा सही सूचना लिने गर्नुपर्दछ । स्वदेश वा विदेशमा रहेका कामदारका लागि केही न केही उपाय निस्कन्छ ।अर्थव्यवस्थाको सुदृढीकरण र गरिबी निवारणमा योगदान पुर्याउन श्रमशक्तिकोे स्वास्थ्य अनि सुरक्षामा समग्र्र राज्यको दूरगामी सोच अति आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस