सल्यानमा एक युवकमा आरडिटी पोजेटिभ

बैशाख ०८, २०७७

सल्यान  / सल्यानमा एक युवकमा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पोजेटिभ देखिएको छ । शारदा नगरपालिका १ शितलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएको थियो ।

जसमा ३२ वर्षीय युवकको रिपोर्ट भने पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानले जनाएको छ । शारदा नगरपालिकाले दुई स्थानमा आरडिटी शिविर राखेको थियो । जसमा ७९ जनाको आरडिटी परीक्षण गरिएको थियो । शारदा नगरपालिका मार्केमा ३० जना र वडा नम्वर १ शितलपाटीमा ४९ जनाको आरडिटी गरिएको थियो ।

संक्रमित युवालाई अहिले जिल्ला अस्पताल सल्यानको आइसोलेसनमा राखिएको छ । उनी चैत ६ गते दुबईबाट आएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा.अर्जुन बुढामगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस