खाली छन् तुलसीपुरका मस्जिद

मस्जिदकाे अनुगमन

बैशाख ०७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यहाँका विभिन्न मस्जिदहरुको अनुगमन गरेको छ । देशका विभिन्न भागमा रहेका मस्जिदहरुमा संक्रमित मुस्लिमहरु लुकेर वसेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो ।

यस क्षेत्रमा ३ वटा मस्जिदहरु रहेका छन् । तिनवटै मस्जिदको अनुगमनका क्रममा कोही पनि लुकेर वसेको पाएको थिएन । नगरप्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, संविधान सभा सदस्य अनारकली मियाँ लगायतले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको नगरप्रमुख पाण्डेले वताए । उनले तत्काल कोही भारत गएको या नगएको भन्ने वारेमा जानकारी दिएको समेत वताए । मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण वढेसँगै घरमै वसेर नमाज पढ्न थालेको वताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत वताए ।

ओहिद सिद्दिकीले मस्जिदमा कोही पनि नआएको भन्दै कोरोना संक्रमणका वारेमा आफुहरु जानकार रहेको कुरामा जोड दिएृ । “हामीलाई पनि ज्यानको माया छ, किन लापरवाही गर्छौ र ?” उनले भने ।

तुलसीपुरमा वडा नम्वर ६ पुरानो वसपार्कमा नेपाली जामे मस्जिद,अबु बकर मस्जिद र वडा नम्वर ५ मा रहेको फैजाने मुस्तफा लगायतका ३ वटा मस्जिदहरु रहेका छन् । हरेद दिन नमाज पढ्नका लागि मस्जिदहरुमा मुस्लिमहरु आउने गरेको भएपनि कोरोना संक्रमणको त्रास पश्चात भने पूर्ण रुपमा वन्द रहेको प्रेम वक्स मियाँले जानकारी दिए ।

उनले तुलसीपुरबाट कोही पनि मुलसमान वाहिर नगएकोले संक्रमणको त्रास नभएको समेत वताए । अनुगमनमा क्रममा उनीहरुले जुनसुकै वेला पनि मस्जिदको अनुगमन गर्न सकिने वताएका थिए ।

प्रतिक्रिया दिनुहोस