कोरोना संक्रमितको संख्या साढे २२ लाख नाघ्यो, एक लाख ५४ हजार बढीको मृत्यु

बैशाख ०६, २०७७

विश्वमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या साढे २२ लाख नाघेको छ भने डेढ लाख बढीको मृत्यु भइसकेको छ।

वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वमा २२ लाख ५० हजार १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबारसम्म विश्वमा कोरोना भाइरसका कारण १ लाख ५४ हजार २ सय ४१ जनाले ज्यान गुमाइसकेका छन्।

संक्रमितमध्ये ५ लाख ७१ हजार ५ सय ७७ जना उपचारपछि निको भइ घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल र घरमै बसी १५ लाख २४ हजार ३ सय १ जना कोरोना संक्रमित उपचाररत छन्। उपचाररतमध्ये ५६ हजार ९ सय ६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको र १४ लाख ६७ हजार ३ सय ३८ जनाको अवस्था सामान्य रहेको छ।

कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएका थिए। त्सपछि शुक्रबारसम्म नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। शुक्रबार एकैदिन नेपालमा १४ जनामा कोरोनाका संक्रमण देखिएको थियो। नेपालमा कोरोना भाइरस संक्रमण हुनेमध्ये आधाभन्दा बढी भारतीय नागरिक रहेका छन्।

पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ७ लाख ९ हजार ७ सय ३५ पुगेको छ, जसमध्ये ३७ हजार १ सय ५४ जनाको मृत्यु भइसकेको छ। स्पेनमा १ लाख ९० हजार ८ सय ३९ जना कोरोना संक्रमित रहेकोमा २० हजार २ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमित १ लाख ७२ हजार ४ सय ३४ पुगेको छ। यीमध्ये २२ हजार ७ सय ४५ जनाको मृत्यु भएको छ। फ्रान्समा १ लाख ४७ हजार ९ सय ६९ जना कोरोनाका संक्रमित रहेकोमा १८ हजार ६ सय ८१ जनाको मृत्यु भइसकेको छ।


जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या १ लाख ४१ हजार ३ सय ९७ रहेको छ, जसमध्ये ४ हजार ३ सय ५२ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमित १ लाख ८ हजार ६ सय ९२ पुगेका छन्। यीमध्ये १४ हजार ५ सय ७६ जनाको मृत्यु भएको छ।
चीनमा कोरोना भाइरस संक्रमित ८२ हजार ७ सय १९ रहेकोमा ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ। इरानमा कोरोना संक्रमितको संख्या ७९ हजार ४ सय ९४ पुगेको छ, जसमध्ये ४ हजार ९ सय ५८ जनाको मृत्यु भएको छ।

टर्कीमा कोरोनाका संक्रमित ७८ हजार ५ सय ४६ पुगेको छ। यीमध्ये १ हजार ७ सय ६९ जनाको मृत्यु भइसकेको छ। बेल्जियममा देखिएका ३६ हजार १ सय ३८ कोरोना संक्रमितमध्ये ५ हजार १ सय ६३ जनाको मृत्यु भएको छ। ब्राजिलमा ३४ हजार २ सय २१ जना कोरोना भाइरस संक्रमित रहेका छन्। यीमध्ये २ हजार १ सय ७१ जनाको मृत्यु भएको छ।

रुसमा कोरोना संक्रमितको संख्या ३२ हजार ८ पुगेको छ, जसमध्ये २ सय ७३ जनाको मृत्यु भइसकेको छ। क्यानाडामा ३१ हजार ९ सय २७ कोरोना संक्रमितमध्ये १ हजार ३ सय १० जनाको मृत्यु भएको छ। नेदरल्याण्ड्समा ३० हजार ४ सय ४९ जना कोरोना संक्रमित छन्। यीमध्ये ३ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ।

स्विट्जरल्याण्डमा २७ हजार ७८ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म १ हजार ३ सय २७ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस