अहिलेको जनमत एमालेको पक्षमा छ : उपाध्यक्ष ज्ञवाली

बैशाख १८, २०७


तुलसीपुर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिले जनताको लहर एमालेमा बढ्दै गएको वताएका छन् । एमालेले जनताका पक्षमा गरेको कामका कारण जनताको आकर्षण बढेको उनले वताए ।

“एमालेको लोकप्रियताबाट दलहरु डराएका कारण अनैतिक गठवन्धन गरेका हुन्” उपाध्यक्ष ज्ञवालीले बताए । उनले कार्यकर्ता पंक्तिमा उत्साह बढ्दै गएको वताउँदै जनताका घरघरमा गएर एमालेको एजेण्डा बुझाउन आवश्यक भएको कुरामा जोड दिए ।


देशी विदेशी शक्तिहरुले एमालेलाई कमजोर पार्न खोजेको वताउँदै एकढिक्का भएर लाग्न पाटी पंक्तिलाई लाग्न अनुरोध समेत गरे । तुलसीपुर अगुवा कार्यकर्ताका लागि आयोजना गरिएको कार्यक्रममा बोल्दै ज्ञवालीले स्वार्थका लागि भएको गठवन्धनलाई जनताले परास्त गर्ने बताए । “हामीसँर्ग एजेण्डाहरु छन्, जनताको साथ छ यसलाई निरन्तरता दिन सक्यौ भने हामीले सबै पालिकामा विजय प्राप्त गर्छाै” ज्ञवालीले भने ।

प्रतिक्रिया दिनुहोस