कपुरकोटमा सिस्नो पाउडर बनाउने तालिम सुरु

पुष ०६, २०७

दीपक डाँगी /तुलसीपुर ६

कर्णाली प्रदेश सल्यान कपुरकोटगाउँपालिका का कृषकलाई सिस्नोको पाउडर बनाउने तालिम बुधबार बाट शुरु भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजनामा पाँच दिन सम्म सञ्चालन हुने तालिम ५ जान महिला र १० जान पुरुषको गरी जम्मा १५ जना सहभागी भएका छन्। तालिमको उदेश्य स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गरी उद्यमशीलता को विकास गर्नु रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका कपुरकोट गाउपालीकाको उपा-अध्यक्ष प्रकाश भण्डारीले ग्रीन फाउन्डेसन नेपाल लाई धन्यवाद दिँदै कपुरकोट गाउँपालिकालाई वन पैदावार कृषि क्षेत्रबाट उद्यमशिलताको विकास तिर लैजानुपर्छ । उद्यमशिलता विकासका लागि कपुरकोट गाउँपालिका पहिलो दिन देखि नै अनुसन्धानको थालनी गरिरहेको बताउनु भयो। गाउँपालिकाको तर्फ बाट बन् जंगल,कृषि,जडीबुटीमा आधारित उद्यमशिलता विकासका निमित्त धेरै अध्ययन भएको र अब आफ्नै ठाउँमा भएका जुनसुकै कच्चा पदार्थ लाई प्रयोग गरी विभिन्न खालका उद्योग सञ्चालन गरेर स्थानीयलाई उद्यमी बनाउने पनि बताउनुभयो।

कार्यक्रममा अथिति रहनु भएका कपुरकोट गाउँपालिका वडा नं ४ का अध्यक्ष मित्रलाल कठायत ले तालीम समय भर ध्यान दिएर तालिम लिन तालिम सम्पन्न भए लगत्तै एउटा समूह गठन गरेर समूहलाई उत्कृष्ट बनाउने र कपुरकोटको नाम थुप्रै देशमा चिनाउनु पर्छ भन्नु भयो।त्यस्तै FECOFUN कर्णाली प्रदेशका अध्यक्ष घनश्याम शर्माले आफ्नै ठाउँमा भएको सिस्नो माग काठमाडौं,पोखरा लगायतका देशका विभिन्न सहरमा औषधि को रूपमा प्रयाग गर्दै आएको बताउँदै यसको उत्पादन धेरै गर्नु पर्छ भन्नु भयो।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कोषाअध्यक्ष खुम प्रसाद भण्डारी कार्यक्रममा स्वागत मन्तब्य राख्दै तालिमको बारेमा विभिन्न कुराहरु प्रस्ट भएको थियो।

ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका अध्यक्ष विष्णु केसी को अध्यक्षमा भएको कार्यक्रममा प्रशिक्षक लोकराज पन्त हुनुहुन्छ भने कार्यक्रम को सञ्चालन ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कर्मचारी सि.एम विश्वकर्माले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस