मानव जीवन रक्षाका लागि सर्प संरक्षण गरौ : नगरप्रमुख खड्का

कार्तिक ०५, २०७


तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा सर्प संरक्षण र उद्दार सम्बन्धि तालिमको आयोजना गरिएको छ । वन विज्ञान अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको कार्यक्रममा वातावरणीय सन्तुलन कायम गर्नका लागि सर्प संरक्षण गर्नुपर्ने सबैको जोड थियो ।


तालिमको उद्घाटन गर्दै नगरप्रमुख टिकाराम खड्काले सर्प संरक्षणमा नयाँ पुस्ताले चासो देखाउनु सुखद भएको बताए । “सर्प हाम्रो साथी हो, यसले हाम्रो जीवन लिने भन्दा पनि बचाउँने काम गर्दछ” नगरप्रमुख खड्काले भने । उनले सर्पले मान्छेलाई कुनै जटिल परिस्थिति नआउँदासम्म नटोक्ने बताउँदै मानव जीवन रक्षामा सर्पको आवश्यकता हुने कुरामा जोड दिए ।


नेपालमा ९० भन्दा बढी प्रजातिका सर्प पाइने बताउदै नगरप्रमुख खड्काले घर आँगनमा आएको सर्पलाई मार्ने भन्दा पनि उद्दार गर्नुपर्ने बताए । “वन विज्ञानका विद्यार्थीहरुले त्यसमा विशेष भुमिका हुने गर्दछ” उनले भने ।


कलेज प्रमुख वसन्त आचार्यले सर्प संरक्षण गर्नु वन विज्ञान अध्ययनरत विद्यार्थीहरुको दायित्व भएको बताउँदै सर्पसँग डराउने भन्दा पनि त्यसलाई सही ढँगले उद्दार गर्नुपर्ने बताए । “वायुमण्डलमा रहेको विषाक्त ग्याँस लिएर मानव स्वास्थ्य संरक्षण गर्नका लागि सर्पको निकै महत्वपूर्ण भुमिका हुने गर्दछ । ” कलेज प्रमुख आचार्यले भने ।


कार्यक्रममा प्रशिक्षक वसन्त सुवेदीले ज्ञानको अभावमा सर्पहरु मार्ने गलत प्रवृति बढ्दै गएको बताए । उनले सर्प संरक्षणमा सबैले ध्यान दिनुपर्ने कुरामा पनि जोड दिए । २ दिनसम्म चल्ने तालिमको उद्घाटन कार्यक्रममो सहजिकरण वन विज्ञान प्रशिक्षक लक्ष्मी केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस