बारामा बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु

असोज २०, २०७

२० असोज, मकवानपुर । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

मृतक सबैको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस