प्रकृति र संस्कृतिबाट समृद्धि : घनश्याम पाण्डे

असोज १६, २०७  |  १०६ पटक पढिएको
तुलसीपुर । ग्रीन फाउन्डेशन नेपालमा अध्यक्ष घनश्याम पाण्डेले प्रकृति र संस्कृतिको समुचित प्रयोगबाट मुलुकमा समृद्धि आउने कुरामा जोड दिनुभएको छ । नेपाल प्रकृति र संस्कृतिमा धनी देश भएको भन्दै त्यसलाई प्रयोग गर्न सके मुलुक समृद्ध हुने उहाँको भनाई छ । ।
“हाम्रो संस्कृति र प्रकृतिको प्रयोगमा हामी अग्रसर हुनु पर्दछ” अध्यक्ष पाण्डेले भन्नुभयो । थारु समुदायको संस्कृति विश्वका लागि आकर्षणको केन्द्र बन्न सक्ने भन्दै थारु संस्कृति भित्रका विभिन्न पाटाहरुलाई अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको समेत उहाँले बताउनुभयो ।
ग्रीन फाउन्डेशन दाङ्गले आयोजना गरेको प्रकृति, संस्कृति र समृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेको पाण्डेले तुलसीपुर थारु समुदायका लागि महत्वपूर्ण क्षेत्र भएको भन्दै त्यसको उत्खनन र चर्चा परिचर्चा गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदे्ेश कमिटी सदस्य धमकली चौधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,दंगिशरण गाउँपालिकाका निवर्तमान अध्यक्ष भागीराम चौधरी, गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष भागीराम चौधरी, पत्रकार महासंघ नेपालकी सह सचिव दिप्तीशिखा चौधरी,वडाध्यक्ष धर्मराज वली लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा थारु संस्कृतिसँग सम्बन्धित १५ वटा नृत्य प्रस्तुत गरिएको थियो । थारु होमस्टे बटोलपुरको प्रवद्र्धनका लागि आयोजना गरिएको कार्यक्रममा प्रस्तुत गरिएका सबै सांस्कृतिक नृत्यहरुलाई प्रोत्साहन स्वरुप ५ हजार प्रदान गरिएको थियो । फाउन्डेसनका सचिव सुरेश रावतको अध्यक्षतमा भएकाे  कार्यक्रमकाे सहजीकरण काेषाध्यक्ष केपि भण्डारीले गर्नु  भएको थियो ।

प्रतिक्रिया दिनुहोस