जनसेवाको २३औं साधारणसभा सम्पन्न

असोज १५, २०७

तुलसीपुर १५-असोज/ जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. को २३ औं वार्षिक साधारणसभा शनिवार तुलसीपुर–७ खर्चवामा सम्पन्न भएको छ । कार्यक्रम संस्थाको नवनिर्मित भवनको उद्घाटन तथा विभिन्न क्षेत्रबाट संस्थालाई योगदान गर्ने सदस्य र ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

जसअन्तर्गत संस्थाको भवन निर्माणमा सहयोग गर्ने ३४ जना सहयोगदाता, ७० वर्षमाथिका ११ जना ज्येष्ठ सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै असल ऋणी शिवकुमार भण्डारी र चोला भण्डारी, असल बचतकर्ता हुमलाल जैसी, सबैभन्दा धेरै बचत गर्ने विष्णुप्रसाद भुसाल र सबैभन्दा धेरै सदस्य बनाउने रेशम भुसाल सम्मानित भएका थिए ।

कार्यक्रममा संस्थाका सचिव जिवन भण्डारीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दिपक केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि टीकाराम खड्का, जिल्ला सहकारी संघका पूर्वउपाध्यक्ष शेषुराम भण्डारी, जिल्ला बचत संघका सदस्य तथा संस्थाका सल्लाहकार दुर्गाप्रसाद भण्डारी, संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार शेषुराम भण्डारीलगायतले बोलेका थिए ।

उपाध्यक्ष खिमप्रसाद जैसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव जिवन भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस