प्रेस चौतारी दाङकाे चुनाव लक्षित प्रचार भेला घाेराहीमा

असोज १३, २०७

घोराही १३ असोज । प्रेस चौतारी दाङले आगामी चुनाव लक्षित प्रचार भेला तथा दशै, तिहार र छठको शुभकामना आदान प्रदान गरेको छ । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका पोलिटव्यूरो सदस्य शान्ता चौधरीले चुनावमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न प्रचारको महत्वपुर्ण भूमिका हुने भएकाले सोहीअनुसार योजना बनाएर खटन अनुरोध गर्नुभयो ।
भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा दाङ सह इन्चार्ज मेनका पोख्रेल, केन्द्रीय सदस्य जीवन गौतम र साजिदा सिद्धिकिले चुनावको महत्वपूर्ण पक्ष प्रचार भएको चर्चा गर्दै चौतारीलाई व्यवस्थित योजना बनाउन आग्रह गर्नुभएको थियो ।
चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जाको स्वागत मनतव्यवाट सुरु  भएको कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेत, सचिव मनोहर बुढाथोकी, एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य टीकाराम खड्का, प्रदेश कमिटी सदस्य शरद अधिकारी, तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी, प्रेस चौतारी लुम्बिनी प्रदेश कमिटी सह इन्चार्ज टीका बस्नेत, जिल्ला इन्चार्ज गणेश आचार्य, नेकपा एमाले चौतारी विभाग प्रमुख संगीत बस्याल र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीलगायतले निर्वाचनमा प्रचारको भूमिका विषयमा बोल्नु भएको थियो । कार्यक्रमको सहजीकरण चौतारी दाङका सचिव किरण गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस