गठबन्धनले देश अस्तव्यस्त बनायो : महासचिव पोख्रेल

असोज ०८, २०७

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको बताएका छन् ।

शनिबार काठमाडौंमा पार्टीको अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै उनले गठबन्धनका नेताहरूको ध्यान आफ्नो लाभमा मात्र केन्द्रित भएकाले मुलुकको आर्थिक अवस्था अस्तव्यस्त भएको जिकिर गरे । मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सही दिशामा ल्याउने काम एमालेले मात्र गर्न सक्ने उनको भनाइ छ ।

निर्वाचन व्यक्तिको जित–हारको मात्र विषय नभएको उनले बताए । नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने उनले उल्लेख गरे ।

एमालेले केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेको भन्दै उनले सत्ता गठबन्धनको कुनै नेतृत्व नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस