तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बाल श्रममुक्त घोषणा

असोज ०७, २०७

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर बाल श्रममुक्त वडा घोषणा गरिएको छ । हालसम्म तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १, २ र ६ वडा बालश्रम मुक्त घोषणा भइसकेका छन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले प्रतिबद्धता पत्र वाचन गरेर बालश्रम मुक्त वडा घोषणा गरेका हुन् ।

लसीपुर उपमहानगरपालिकाको वडा नम्बर १८ मा दश जना बालबालिकाहरु व्यवसायीक र घरेलु कामदारकारुपमा रहेका थिए । ती मध्ये सात जना अन्यत्रका र तीन जना वडाभित्रकै रहेको तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले जानकारी दिईन । दश जना बालबालिकाहरुलाई परिवारमै स्थानान्तरण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ लाई समेत बालश्रम मुक्त घोषणा तयारी गरिएको छ ।

बालश्रम मुक्त घोषणा बापत नगरप्रमुख टीकाराम खड्काले वडाध्यक्ष माधव वलीलाई सम्मान पत्र प्रदान गरेका थिए । वडाध्यक्ष माधव वलीले बालश्रममा रहेका बालबालिकाहरुको परिवारलाई आर्थिकरुपमा सबल बनाउनका लागि उद्यमशील कार्यका लागि आर्थिक सहयोग गरिएको बताए । उनले ती बालबालिकाहरुलाई विद्यालयमा पढ्नका लागि शैक्षिक सामग्री, पोशाक उपलब्ध गराइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस