शिक्षामा समानता भएन । बहिरा

असोज ०७, २०७

सुशील बस्नेत

दाङ,७ असोज

बहिरा अपाङगता भएका ब्यक्तिहरुले पढ्न पाउने अधिकार सरकारले सुनिश्चीत गर्न नसकेको बताएका छन् । ५ औ सांकेतिक भाषा दिवसको अवसरमा तुलसीपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले नेपालको संबिधान २०७२ मा उल्लेख गरिएको मौलिक हक कार्यान्वयन हुन नसक्दा समानताको अधिकार कुण्ठीत भएको बताएका हुन । सांकेतिक भाषा शब्द कोष निर्माता मध्येका राप्ती बहिरा संघका संस्थापक अध्यक्ष अजय शर्माले सांकेतिक भाषा अध्ययनका लागि राज्यले चासो नदिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले बहिरा बिद्यार्थीहरुका लागि छात्रबास निर्माण गर्न ११ लाख बजेट बिनियोजन गरिएको तर जग्गाको सनिश्चिता हुन नसक्दा रातो कितावमा उल्लेख नगरिएको बताउनुभयो । जिल्ला समन्वय समितिका सह संयोजक चेतना चौधरीले प्रत्येक बिद्यार्थीले समानताको हक अनुसार पढ्न पाउने अधिकार सुनिश्चीत गरिनु पर्नेमा जोड दिनुभयोे । मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले संबिधानको धारा १८को समानताको हक,धारा ३१ को शिक्षाको हक,धारा ३२को भाषाको हक प्रति सबै समक्ष आकृष्ठ गर्नुभयो । माध्यामिक बिद्यालय अस्वाराका प्रधानाध्यापक हिरालाल न्यौपानेले कक्षा १ देखि कक्षा १२ सम्म अध्ययन गर्ने बिद्यार्थीको संख्या झण्डै ११५ जना रहेको जानकारी दिनुभयो । तर बिद्यालयले पाउनुपर्ने सुबिधा भने सुन्य रहेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । बिद्यालयमा कक्षा १ देखि ७ सम्म सांकेतिक भाषामा अध्यायपन गराउन सहज भएपनि कक्षा ८ देखि कक्षा १२ सम्म गणीत,बिज्ञान,अग्रेजी जस्ता बिषय अध्यायपन गराउने शिक्षकमा सांकेतिक भाषाको सिप नहुदा समस्या हुने गरेको बताउनुभयो । नगरप्रमुखले जग्गाको सुनिश्चीताको सन्र्दभलाई जोडदिदै प्रधानाध्यापक न्यौपानेले बिद्यालय हाता भित्र जग्गा उपलब्ध गराउन सकिने जानकारी दिनुभयो । तर नगरप्रमुख खड्का त्यसअघि नै अर्को कार्यक्रमका लागि बाहिरी सक्नुभएको थियो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ का सदस्य दामोदर न्यौपाने,पत्रकार नारायणी रजौरे, नेपाल दलित युवा संघका केन्द्रिय उपाध्यक्ष खेमराज बिक,मानव अधिकार तथा शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्मा,नगर स्तरीय अपाङग सञ्जालका तिलसरा पुन,राप्ती बहिरा संघकी रुपा बिक लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण देवा डाँगी र दोभासे स्मृति योगीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस