दाँङ घोराही कारागारमा कैदी बन्दीका लागी सीपमुलक तालिम दिन शुरु

असोज ०५, २०७

सुशील बस्नेत दाङ,५ असोज

दाङमा कारागारका कैदीबन्दीलाई सिपमुलक तालिम दिन शुरु गरिएको छ । घोराही कारागार कार्यालयको आयोजना,समाज कल्याण केन्द्रको सह आयोजना र घोराही उपमहानगरपालिका वडा नम्वर १५ को सहयोगमा ५ दिने सीपमुलक तालिम समेत बुधबारदेखि शुरु गरिएको जेलर खनालले बताउनुभयो । केन्द्रका अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवम वडा नम्वर १५ का अध्यक्ष रमेशकुमार पाण्डेको प्रमुख आतिथ्यमा मैनबत्ति,सरफ,अगरबत्ति र झोला बनाउने तालिम सञ्चालिन गरिएको छ । ३ सय २४ जना मध्ये पहिलो दिन १ सय ५४ जनालाई मैनबत्ति बनाउने तालिममा सहभागि भएका अध्यक्ष निर्मला गौतमले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुदै घोराहीमा गत चैतमा सरुवा भई आउनुभएका जेलर बासुदेव खनालले कैदी वन्दी र प्रसासनको वीचको दुरीलाइ कम गर्ने थप प्रयास भईरहेको बताउनुभयो । त्यसका लागि कैदीवन्दी संग रहेर प्रत्यक्ष कैदी र जेलर विचमा समस्याहरुको बारेमा छलफल गर्र्ने जस्ता काम नयाँ भएको खनालले बताउनुभयो । यस्तै कैदीवन्दी सर्वेक्षणमा कैदीवन्दी पारिवारिक पृष्ठभुमी देखि कैदीवन्दीले गर्ने दैनिक क्रियाकलापको लगाएत , कैद सजया लिएको समयमा भएको आन्तरिक क्रियाकलापको वारेमो नाम गोप्य राखी प्रत्येक कैदीहरको विवरण लिने कार्य नयाँ भएको उहाँ बताउनु हुन्छ ।

ई –लाईब्ररी,पुस्तकालय,जिमखाना,खेलकुदका बिभिन्न सामाग्रीहरुको ब्यबस्था मिलाईएको छ । त्यसबाहेक स्वच्छ वातावरण र सफा भान्सा समेत रहेको कैदीहरुले बताएका छन् । आयआर्जनका लागि बिभिन्न सीपमुलक कार्यक्रम समेत सञ्चालन हुने गरेका छन् । कार्यक्रममा जेलर बासुदेव खनाल,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेत,महेन्द्र क्याम्पसका प्राध्यापक सुन्दर गौतमले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बिन्दु दाहालले गर्नुभएको थियो । कागरागारमा सरकारले प्रति कैदीबन्दी दैनिक ६० रुपैया पैसा र ७०० ग्राम चामल सरकारले उपलब्ध गराएको छ । महिनालमा ७० क्वीनटल चामल र ६ लाख रुपैया रकम कैदी वन्दीहरुको लागी आउने गर्छ तर त्यसबाट कटाएर व्यवस्थापनमा असहजता भएको पाइए पनि दाङको कारागारमा भने व्यवस्थापन पारदर्शी देखिएको छ । । घोराही कारागारमा ३सय २४ जनाले कैद जिवन बिताईरहेका छन् । सवै भन्दा धेरै जबरजस्ती करणीमा बन्दी ४८ र कैदी ३६ जना गरी जम्मा ८४ जना रहेका छन् यस्तै कर्तव्य ज्यानमा ४५ कैदी र १६ जना बन्दी गरी ६१ जना छन् । लागुऔषधमा बनी ४२ र कैदी२७ जना गरी ६९ जना रहेका छन् भने नागरिकता किर्ते सम्बन्धी कुनै पनि कैदी वन्दी छैनन ।

प्रतिक्रिया दिनुहोस