बिपत ब्यबस्थापन सम्बन्धि ३ दिने तालिम

असोज ०४, २०७  |  २० पटक पढिएको

भिमलाल मरासिनी ,तुलसीपुर ४ असोज

सामुदायिक बिपद ब्यबस्थापन सम्बन्धि ३ दिने तालीम तुलसीपुरमा सम्पन्न भएको छ । नेपाल रेड्क्रस सोसाइटी केन्द्रिय कार्यालयको समन्वय तथा डेनिस रेड्क्रसको आर्थिक सहयोगमा नेपाल रेड्क्रस सोसाइटी दाङ जिल्ला शाखा अन्तर्गत सन्चालित समुदाय उत्थानसिलता अभिबृद्दि कार्यक्रमको आयोजनामा समिति ब्यबस्थापन तालिम मंगलबार तुल्सिपुरमा सम्पन्न भएको हो ।

बबई गाउपालिका का ७ वटै वडामा गठन भएका ८ वटा सामुदायिक बिपत ब्यबस्थापन समितिका पदाधिकारी तथा सदस्यको लागि तालीमको आयोजना गरिएको हो । तालिममा १२ महिला र पुरुस १४ गरि २६ जना रहेको तालिममा कार्यकरम संयोजक जगत तामाङले जानकारी दिनुभयो । उक्त तालिमको प्रशिक्षकमा बिनायक पौडेल, स्थानेस्वर पोखरेल र भिम लाल मरासिनी रहनु भएको छ । दाङ शाखाका सभापती नारायण आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला उप-कोषाध्यक्ष ज्ञान प्रसाद आइतबारे, जिल्ला सदस्य भिमलाल मरासिनी , पन्चकुले उप शाखा सभापती जुद्धवीर खाम्चाले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस