मेट्रो कलेज कानुनका विद्यार्थीले मनाए ७ औं संविधान दिवस

असोज ०४, २०७  |  २८ पटक पढिएको

तुलसीपुर ।
तुलसीपुर मेट्रो कलेज बिएएलएलबी अध्ययनरत विद्यार्थीहरुले संविधान दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेका छन् । संविधान कार्यान्वयनमा स्थानीय सरकारको भुमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले संविधानले स्थानीय सरकारलाई बलियो बनाउनमा महत्वपूर्ण भुमिका खेलेको बताए । ‘संविधानले दिएको अधिकार कै कारण हामीले जनतालाई घर दैलोमा सुविधा दिन सकेका हौ’ नगरप्रमुख खड्काले भने ।
संविधानको कार्यान्वयनमा स्थानीय सरकार कटिवद्ध भएको बताउँदै नगरप्रमुख खड्काले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न बताएको बताए । ‘संविधानले स्थानीय सरकारलाई दिएको अधिकार कै आधारमा आज तपाईहरु स्थानीय सरकारले सञ्चालन गरेको कलेजमा अध्ययन गर्न पाउनु भएको छ ’ नगरप्रमुख खड्काको भनाई थियो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मानबहादुर रावतले संविधानलाई अपनत्व दिने गरी जनप्रतिनिधिहरुले काम गरिरहेको बताए । कानुन पढ्ने विद्यार्थीहरुको काधमा कानुन कार्यान्वयन गराउने बढि जिम्मेवारी हुने कुरामा उनले जोड दिए ।
कलेज प्रमुख वसन्त आचार्यले संघीयता कार्यान्वयनमा स्थानीय सरकारको भुमिका बलियो हुने बताउँदै संविधानले देशलाई निर्देशित गर्ने कुरामा जोड थिए ।
कार्यक्रममा विद्यार्थीहरु निराजन आचार्य, ओरल्ड च्याम्पियन लगायतले बोलेको थिए । हसिना बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस