तुलसीपुरमा घनश्याम पाण्डे नेतृत्वमा भएका “गेमचेन्जर” याेजना

बैशाख १७, २०७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा जनप्रतिनिधि आएको पाँच वर्ष पुरा हुन आँटेको छ । संसार देखेका र भोगेका घनश्याम पाण्डे मेयरका रुपमा निर्वाचित भएपछि उनको समुहले पाँच वर्षका बिचमा तुलसीपुरको मुहार नै बदलेको छ । तुलसीपुरलाई नमुना पालिकाका रुपमा स्थापित गर्न सफल यहाँका गेमचेन्जर योजनाहरु एक दर्जन भन्दा बढी रहेका छन् ।

तुलसीपुरको गेम चेन्जर योजनाका रुपमा तुलसीपुर मेट्रो कलेज र तुलसीपुर बहुप्राविधिक शिक्षालय पर्दछन् । पालिकाले स्थापना गरेका यी शैक्षिक संस्थामा हाल ७ सय विद्यार्थीहरुले विभिन्न प्राविधिक विषयसँगै बिएएलएलबीको अध्ययन समेत गरिरहेका छन् । त्यसैगरी पालिकास्तरबाट सञ्चालन गरिएको तुलसीपुर भिमसेन मेट्रो अस्पताल पनि यहाँको महत्वपूर्ण योजना हो । कोभिडको समयमा यो अस्पतालले धेरैको ज्यान जोगाएको थियो भने हाल अस्पतालमा विशेषज्ञ सेवा समेत प्रदान गरिदै आएको छ ।

मातृशिशु मृत्युदर न्युन गर्नका लागि प्रदान गरिएको सुत्केरी भत्ताले पनि तुलसीपुरको कामलाई देशैभर चिनाएको छ । हाल पालिकामा मातृशिशु मृत्युदर शुन्यको अवस्थामा रहेको छ । त्यसैगरी अव्यवस्थितरुपमा रहेको अटो व्यवसायलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको अटो भिलेज पनि तुलसीपुरको नमुना काम हो । पालिकाकै पहलमा निर्माण भएको तुलसीपुर कृषि उपज बजार केन्द्र पनि तुलसीपुरको गहनाका रुपमा रहेको छ । यसले कृषक र व्यवसायीलाई जोड्ने काम गरेको छ ।

लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो बसपार्ककारुपमा तुलसीपुरमा स्थापना भएको आधुनिक वसपार्क पनि जनप्रतिनिधिले गरेको महत्वपूर्ण नमुना काम हो ।
पूर्णरुपमा बन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थल सञ्चालन, तुलसीपुरमा रक्त सञ्चार केन्द्र स्थापना, तुलसीपुर पूर्वाधार विकास प्राधिकरण गठन,स्मार्ट छोरी कार्यक्रममार्फत छोरीहरुलाई जन्मनेवित्तिकै बैक खातामा प्रोत्साहन रकम जम्मा गर्ने कार्यक्रम पनि नमुना कार्यक्रमहरु हुन् ।


विद्यालयबाट टाढा रहेका छात्राहरुलाई विद्यालय छाड्ने क्रमको अन्त्य गर्न साईकल वितरण, राप्ती प्रादेशिक अस्पतलमा सुविधा सम्पन्न प्रयोगशाला, डायलासिस सेवा, सघन उपचार सेवा, सामाजिक सेवाइकाइ सेवा स्थापना सहित विशेज्ञ सेवाको संचालन, राप्ती आखा अस्पतालको भवन निर्माण तथा विशेषज्ञ सेवा संचालन,विजौरी आर्युवेदिक अस्पतालमा विशेषज्ञ सेवा सहित औषधी उत्पादन, तुलसीपुर चक्रपथ निर्माण कार्य प्रारम्भ, राप्ती ववइ क्याम्पसको स्तर उन्नती गरी शैक्षिक सुधार लगायतका कामहरुले यो पाँचवर्षका विचमा तुलसीपुरलाई समृद्ध वनाउँदै लगेको छ।

प्रतिक्रिया दिनुहोस