स्थानीयबासीलेले बगरलाई बनाए वन

दिवस रेग्मी  |  फागुन १३, २०७८


दिवस रेग्मी
तुलसीपुर । आज भोलि वन फडानीका समाचार दिनानुदिन संचार माध्यममा आईरहेकै हुन्छन् तर केही यस्ता ठाउँ छन् जहाँ कुनै दिन ढुङ्गा बालुवा थुुप्रिएको बगर थियो तर आज यो बगरको परिचय फेरिएर हरियो वनमा परिणत भएको छ ।


यहाँका स्थानीयबासीको पहलमा वगर अहिले शिवशक्ति सामुदायिक वनमा परिवर्तन भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा रहेको बंबई नदिको किनारको वगर ११.३३ हेक्टर क्षेत्रफलमा फेैलिएको वनको रुपमा परिणत भएको छ ।


यो सामुदायिक वन सितलपुर स्थित बंबई नदीको पुलदेखि करिब पाँच सय मिटर पश्चिममा रहेको छ । वनमा ईपिल ,मसला, खयर सिसै प्रजातिका रुखहरु रहेका छन् । नदीले कटान गरि छोडेको बगर वन भएपछि गाउँलेहरुलाई अहिले घाँसपात गर्न निकै सजिलो भएको छ ।


२०५६ सालमा स्थापना भएको यो वन मा सुरुवाती स्थापनाकालको अबस्थामा १७३ उपभोक्ता रहेको र अहिले त्यो सङ्ख्या बढेर ३०० उपभोक्ता सदस्य रहेका छन् । समितिले निर्धारण गरेको मापदण्ड र कार्ययोजना अन्तर्गत घाँस दाउरा स्याउला उपभोक्ता सदस्यहरुलाई केही सहुलियत दरमा उपलब्ध गराई राखेको छ ।


उपभोक्ता सदस्यको परिवार भित्रको सदस्यको मृत्यु हुदा दाहसंस्कार गर्दा वनले १००० सेवा शुुल्क लिएर दाउरा उपलब्ध गराउदै आएको कोषाध्यक्ष गोपाल आचार्यले जानकारी दिए ।


वन संरक्षणको लागि डिभिजन वन कार्यालयले दुई लाख असी हजार सहयोग गरेको र त्यसबाट सिमेन्टका पोल सहित सात सय मिटर काडे तार लगाएको वनका अध्यक्ष रुपलाल रेग्मी वताए ।

प्रतिक्रिया दिनुहोस