दिगाे वन व्यवस्थापन सम्बन्धि सञ्चार गाेष्ठी

फागुन ०७, २०७८

दिवस रेग्मी ।

तुलसीपुर । तुलसीपुरमा दिगो वन ब्यबस्थापन र वन तथा कृषि उद्यमशीलता सम्बन्धि कार्यशाला सम्पन्न भएकाे छ ।

ग्रिन फाउण्डेसन नेपालको आयोजना तथा फरेस्ट एण्ड फार्म फ्यासिलिटि को सहकार्यमा कार्यशाला भएकाे हाे ।ग्रीन फाउन्डेसन नेपाल दाङ शाखाका कोषाध्यक्ष खुुम प्रसाद भण्डारीको अध्यक्षता एवम्  तुलसीपुर उपमहानगरपालिकाका  नगर प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु, अगुवा उद्यमी किसान सामुदायिक वनका प्रतिनिधि, ग्रीन फाउन्डेसन नेपाल दाङका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको प्रमुख अतिथि रहेका पाण्डेले दिगो वन व्यवस्थापन गर्दा वातावरणीय पक्षलाई फाइदा पुग्नुको साथै आम उपभोक्तालाई पनि फाइदा पुग्ने बताएका थिए । कानुनी प्रक्रिया पूरा गरेर नियसंगत रुख काट्दा वन विनाश नभई वन ब्यवस्थापन हुने उनकाे भनाई थियाे।

वनलाई कृषि र उद्यम सङ्ग जोड्नु पर्ने र केही मात्रामा दाङका वन उद्यम र कृषि सङ्ग जोडिदै गएको र आगामी दिनमा निरन्तरता दिइने र दिगो वन व्यवस्थापनका लागि एकल प्रयासले मात्र सम्भव नहुने सबैको प्रयासले दिगो वन व्यबस्थापन सम्भव हुने उनकाे भनाई थियाे ।रुख ,दाउरा घास पातसंग मात्र वनलाई नजोड्नका लागि उनले जाेड दिए । व

कार्यक्रममा वातावरण तथा विपत व्यवस्थापन शाखा प्रमुख नवराज लामिछाने , पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी शान्ति समाजका केन्द्रीय उपाध्यक्ष सुशील बस्नेत ,नारायण खड्का  उद्यमी कृषक जागेस्वर भण्डारी , समा चौधरी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन ग्रिन फाउण्डेसन तुलसीपुरका कार्यक्रम संयोजक तेज राज वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस