एक दिन थपियाे तुलसीपुर महाेत्सव

खबरशाला संवाददाता  |  पुष ११, २०७८

तुलसीपुर । तुलसीपुरमा जारी ऐतिहासीक तुलसीपुर महोत्सव एक दिन थप भएको छ । महोत्सवमा आउने दर्शकहरु संख्या दिनहुँ बढ्न थालेपछि महोत्सवको समय एक दिन थप गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले बताए । ‘महोत्सव अवलोकन गर्ने दर्शकहरुको संख्या बढिरहेको छ । महोत्सव थप्नुपर्ने माग पनि आयो । त्यस कारण एक दिन थप गरेका छौ ।’ मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले भन्नुभयो । शनिबार करिब ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका थिए ।

तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शलेक अवलोक गर्ने संचार संयोजक ओपेन्द्र बस्नेतले जानकारी दिए।

आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगाएतका कालाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए । सोमबार चर्चित गायीका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगाएतका कलाकाहरुको बेजोड प्रस्तुति रहने सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस