जसले बनाए तुलसीपुरलाई लुम्बिनीकै उत्कृष्ट पालिका

खबरशाला संवाददाता  |  मङि्सर ०७, २०७८


तुलसीपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहहरुको सूचना प्रविधि क्षमताको प्रतिवेदनमा तुलसीपुर उपमहानगरपालिकाले दाङका सबै पालिकालाई उछिनेको छ ।

नेपालभरका सबै स्थानीय तहहरुमा गरिएको मुल्यांकनमा तुलसीपुर ७१ अंकमा साथमा १० औ स्थानमा परेको छ । यस अभियानको नेतृत्व गरेका हुन् नगरप्रमुख घनश्याम पाण्डेले । उनले जनप्रतिनिधिका रुपमा आएदेखि नै डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाएका थिए ।


सबै वडामा इन्टरनेट मार्फत सेवा पुर्याएको भन्दै तुलसीपुरलाई यसभन्दा अगाडी पनि पुरस्कृत गरिएको थियो ।

स्थानीय तहहरुको जनशक्ति व्यवस्थापनको अवस्था, डिजिटल साक्षरताको अवस्था तथा सूचना प्रविधि सम्बन्धि नीतिगत व्यवस्था, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग, सूचना प्रविधिसँग सम्बन्धित पूर्वाधारको अवस्था र सूचना प्रविधिमा संस्थागत क्षमताको अवस्था गरेर ७ वटा क्षेत्रका ५० वटा सूचकाङ्कका आधारमा स्थानीय तहहरुको प्रतिवेदन सार्वजनिक गरिएको हो ।


नगरप्रमुख घनश्याम पाण्डेले यो सफलताले डिजिटल तुलसीपुरको अभियानलाई अगाडी वढाउन हौसला बढेको वताए । “हामीले तुलसीपुरलाई डिजिटल वनाउने अभियानलाई थप तिव्रता दिएका छौ” उनले भने ।

प्रतिक्रिया दिनुहोस