मानसिक समस्याको कारण अति महत्वाकांक्षा

खबरशाला स‌वाददाता  |  कार्तिक २२, २०७८

साढे एक वर्षको तनावग्रस्त जिन्दगी र अशान्तिका बीच गत वर्ष अमेरिकामा जागिर छाड्नेको रेकर्ड नै बनेको थियो । रोजगारमध्ये ४० प्रतिशतभन्दा बेरोजगार भएका थिए ।

गत वर्षभन्दा अहिले धेरैको मानसिक अवस्था फेरिएको छ । ‘गएको एक र अर्को आधा वर्ष संसारभर नै तनाव, निराशा र मानसिक जलनले धेरैलाई आहत बनाएको छ,’ नर्थ क्यारोलिनाकी विवाह तथा परिवार थेरापिस्ट जेनी चाङ भन्छिन्, ‘अहिले समय फेरिएको छ । काम गर्ने ठाउँको वातावरण पनि फेरिएको छ ।’

मास्क, सामाजिक र दूरी र ‘वर्क फ्रम होम’ नीति लागु हुनुअघि पनि धेरैले मानसिक स्वास्थ्यबारे सर्वेक्षण गर्ने गरेका थिए । कोरोना महामारीसँगै मानसिक समस्या पनि बढेको थियो ।

अहिले मृत्युको भयसँगै बढेको मानसिक समस्यामा त कमी आयो । जीवनलाई हेर्ने नयाँ सोचका कारण महामारी कम हुँदै गए पछि आफ्नै महत्त्वाकाङ्क्षा र कार्यालयको वातावरणका कारण उत्पन्न हुने ‘बर्न आउट’ समस्यामा पनि कमी आएको छ ।

चाङका अनुसार मानसिक ‘बर्न आउट’ का कारण धेरैको स्वास्थ्यमा असर गरेको छ । सबैभन्दा धेरै ‘बर्न आउट’ कोरोना महामारीअघिको समयमा मानिसहरूमा हुने गरेको थियो । सो समयमा मानिसहरू प्रमोसन र तलब वृद्धिका विषयलाई लिएर धेरै चिन्तित हुन्थे । सोही कारण धेरैको मानसिक स्वास्थ्य बिग्रने गरेको थियो ।

तलब र प्रमोसनका लागि कार्यालयमा बढी काम गरेपछि यसले मानसिक समस्या उत्पन्न हुने र परिवारमा झगडा हुने समस्या निम्तिने गरेको छ ।

यसरी बढी थकान महसुस हुनेहरूको संख्या बढ्दो क्रममा छ । उनीहरूले तय गरेको मान्यता स्वीकार नगरिएका कारण यो समुदायमा एक खालको निराशा पाइएको छ ।

संस्कार र संस्कृतिले मानसिक स्वास्थ्यमा धेरै प्रभाव पार्ने गरेको चाङ बताउँछिन् ।

सञ्चार क्षेत्रको पृष्ठभूमि भएकी उनले २० वर्षको उमेर पूरा भएलगत्तैको छरितो सञ्चार प्रणालीसँग आफूलाई अभ्यस्त राख्न ठूलो तनाव झेलेकी थिइन् ।

चाङ आफूलाई मन लागेको काम गर्नु उपयुक्त हुने बताउँछिन् । सही ढङ्गले व्यवस्थापन गर्न नसके एक किसिमको गम्भीर मानसिक सङ्कट आउने उनको भनाइ छ । मानसिक तनावको सामना गर्न कठिन भएकै कारण उनले केही समयमा सञ्चारक्षेत्र छाडेकी थिइन् ।

‘स्ट्रेस’ र ‘बर्न आउट’ दुई खाले फरक मानसिक अवस्था हुन् । तनाव दैनिकरूपले उत्पन्न हुन सक्छ ।

आफूले गरिरहेको काम एकोहोरो र चुनौतीहीन महसुस भएमा पनि मानिसमा ‘बर्न आउट’ मानसिक समस्या उत्पन्न हुन सक्छ । अनावश्यक दबाबका बीच काम गर्नु परेमा पनि यस्तो समस्या देखिन सक्छ ।

‘बर्न आउट’ को समस्या थाहा नभएरै बढ्न थाल्छ । बिस्तारै थकान महसुस हुने, कुनै कुराले उत्साहित नगराउने, एकाङ्कीपन हुने र काम गर्ने जाँगर नहुने लगायतको समस्या बढ्दै गएर यसले गम्भीर अवस्था सृजना गर्न सक्छ ।

यो समस्या बढ्दै गए व्यक्ति रमाउँदै आएका विषयमा पनि चासो लाग्न छाड्छ । दैनिक काममा पनि कुनै चासो रहँदैन । हरेक विषयमा प्रश्न सोध्ने बानी सुरु हुन्छ भने अरू मान्छेसँगको व्यवहारमा पनि परिवर्तन आउन थाल्छ ।

यसले मानिसलाई निराशाको अन्तिम चरणमा लैजान सक्छ । यसकारण पेसागत सहकर्मीले आफूमध्येको कसैलाई यो समस्या आए सुरुवाती दिनमै सतर्क रहनुपर्ने चाङ बताउँछिन् ।

अमेरिकामा गरिएको अध्ययनअनुसार ‘बर्न आउट’ गम्भीर मानसिक समस्या हो । यसैले मानिसलाई हृदयाघात समेत गराउन सक्छ । चाङका हकमा उनले पनि ‘बर्न आउट’ सँगै रुघा र निमोनियाको समस्या भोगेकी थिइन् ।

यस कारण यो मानसिक समस्या बढ्दै गएर अन्य शारीरिक समस्यामा परिणत हुने उनको अनुभव छ । ‘बर्न आउट’ को समस्या भएपछि यो हट्न धेरै समय लाग्न सक्छ । उनलाई पनि महिनौँ यस्तो समस्या भएको थियो ।

यो गम्भीर मानसिक समस्या निम्तिन नदिन चाङले केही उपाय पनि राखेकी छिन् । आफ्नो सीमाहरू बुझेर लक्ष्य निर्धारण गर्ने गरेमा यस खाले मानसिक समस्या धेरै हदसम्म समाधान हुने उनको मत छ ।

यसका अतिरिक्त जीवनयापनको शैलीमा परिवर्तन अर्को प्रमुख आधार हो । फिल्म हेर्नु, घुम्न जानु वा साथीहरूसँग बसेर रमाइलो गर्नु अर्को महत्त्वपूर्ण उपाय हुनसक्छ । आफ्नो काममा लचक हुन सक्ने आदत यो समस्या समाधानको अर्को उपाय हो ।

यो समस्या एकै रात या दिनमा हुने होइन । यसको लामो प्रक्रियाको प्रारम्भिक चरणमै ध्यान दिए गम्भीर रूप लिन पाउँदैन । तनाव बढ्दै गएको महसुस हुने बित्तिकै ध्यान दिन आवश्यक हुन्छ ।

यो समस्याका कारण शरीरमा केही लक्षण देखा पर्छन् । धेरै जसो थकान महसुस हुने, टाउको दुख्ने, मांसपेशी दुख्ने, इम्युनिटी प्रणाली कमजोर भएर बारम्बार बिरामी भइरहने यसका शारीरिक लक्षण हुन् ।

यस खाले मानसिक रोगीमा आफैँमा शङ्का गर्ने र असफल भएको महसुस हुने हुन्छ । कसैले आफूलाई सहयोग नगरेको र सर्वत्र घेराबन्दीमा परेको महसुस हुँदै जान्छ । संसारमा आफू एक्लो भएको महसुस हुने र हरेक विषयप्रति नकारात्मक दृष्टि हुँदै जाने हुन्छ ।

यस्तो समस्या हुनेहरू जिम्मेवारीबाट पन्छिने, एक्लो बस्ने चाहने, काममा धेरै समय लगाउने; लागु पदार्थ, धूमपान र मद्यपानमा रुचि बढ्ने तथा सुत्ने समय ढिला हुने र उठ्ने समय चाँडो हुने समस्या हुन्छ ।

‘स्ट्रेस’ र ‘बर्न आउट’ उस्तै सुनिए पनि यसमा धेरै फरक छ । ‘स्ट्रेस’ धेरै कामको बोझको समयमा हान्छ, ‘बर्न आउट’ को समयमा कुनै काममा रुची नै नहुने हुन्छ ।

‘स्ट्रेस’ मा इमोसनल ग्रन्थीहरू धेरै सक्रिय हुन्छन् भने ‘बर्न आउट’ मा निष्क्रिय हुन्छन् । ‘स्ट्रेस’ ले शक्ति क्षय गराउँछ भने ‘बर्न आउट’ ले जाँगर घटाउँछ ।

मान्छे स्वाभाविकरूपमा महत्त्वाकाङ्क्षी प्राणी हो । यसै महत्त्वाकाङ्क्षाका कारण उसले मिहिनेत गरिरहेको हुन्छ । सोचौँ त ! कतै अति महत्त्वाकाङ्क्षासहितको मिहिनेत र कामको अनुचित वातावरण नै गम्भीर मानसिक रोगको कारण त बनिरहेको छैन ।

‘स्ट्रेस’ ले एन्जाइटी लगायत असन्तुलनको विकास गर्छ भने ‘बर्न आउट’ ले चरम निराशाको अवस्थामा लैजान्छ । ‘स्ट्रेस’ को सुरुवाती क्षति नै शारीरिक रूपमा हुन्छ भने ‘बर्न आउट’ का कारण सुरुवाती क्षति मानसिक अवस्थामा देखिन्छ ।

‘स्ट्रेस’ ले मान्छेलाई मार्ने सम्भावना बढी हुन्छ भने ‘बर्न आउट’ ले जीवन जिउनुको कुनै अर्थ नै नरहने अवस्थामा मान्छेलाई लैजान सक्छ ।

व्यक्ति कार्यालयमा काम गरिरहेको समयमा आफूलाई एकदमै बढी काम लगाइएको ठान्छ वा त्यो कामको महत्त्व छैन भन्ने महसुस गर्न थाल्छ भने यो नै ‘बर्न आउट’ को सबैभन्दा प्रमुख कारण हो भन्ने पत्ता गालेको छ । अन्य धेरै कारणले पनि यो मानसिक समस्या आउन सक्छ ।

आफूले गरिरहेको काम एकोहोरो र चुनौतीहीन महसुस भएमा पनि मानिसमा ‘बर्न आउट’ मानसिक समस्या उत्पन्न हुन सक्छ । अनावश्यक दबाबका बीच काम गर्नु परेमा पनि यस्तो समस्या देखिन सक्छ ।

काममा धेरै व्यस्त रहने र सामाजिक गतिविधिमा सरिक नहुने व्यक्तिमा पनि यो समस्या बढेको पाइएको छ । कसैको सहयोगविना धेरै जिम्मेवारी ग्रहण गर्नु पनि यो मानसिक समस्याको कारण हो । निद्रा नपुग्नु त यसको एउटा कारण नै हो ।

‘बर्न आउट’ समस्या निराकरणको उपाय पनि धेरै हदसम्म पत्ता लागेको छ । यो समस्या देखिएमा नजिकका साथीहरू र इष्टमित्रसँग घुलमिल गर्ने तथा मन मिल्नेसँग आफ्ना विचार र भावनाहरू राख्ने गरेमा प्रारम्भिक अवस्थाबाटै समस्या समाधान हुन सक्छ ।

सहकर्मी साथीहरूसँग मिलेर काम गर्नु ‘बर्न आउट’ समस्या हुन नदिने अर्को प्रमुख उपाय हो ।

नकारात्मक कुरा गर्नेहरूसँग सम्पर्क कम गर्ने गर्नु अर्को राम्रो उपाय हो । नयाँ साथीहरू बनाउने र घुलमिल गर्ने मानिसमा यो समस्या कम हुँदै गएको पाइएको छ ।

मान्छे स्वाभाविकरूपमा महत्त्वाकाङ्क्षी प्राणी हो । यसै महत्त्वाकाङ्क्षाका कारण उसले मिहिनेत गरिरहेको हुन्छ । सोचौँ त ! कतै अति महत्त्वाकाङ्क्षासहितको मिहिनेत र कामको अनुचित वातावरण नै गम्भीर मानसिक रोगको कारण त बनिरहेको छैन । –एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस