दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते, दुईको अवस्था गम्भीर

खबरशाला संवाददाता  |  कार्तिक २२, २०७८

दुर्घटनाग्रस्त गाडी ।

तुलसीपुर । दाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सल्यानको कालिमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे १ ज ५२२ नम्बरको जिप दुर्घटनामा परेको हो । 

दुर्घटनामा सल्यानको कालिमाटी गाउँपालिका–३ का ४० वर्षीय देवबकादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ११ मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेको छ । 

दाङको बबई गाउँपालिका वडा–३ ठाडोखोलामा बिहान ९ बजेतिर जिप दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ । घाइतेहरूलाई उपचारका लागि तुलसीपुर ल्याईएकाे छ ।

प्रतिक्रिया दिनुहोस